पारस हस्पिटलमा ‘आमाछोरी बचाउ’ कार्यक्रम सुरु, छोरी जन्माउनेलाई १ हजार भत्ता

डुमरलाल मेहता बिहिबार, माघ ०४, २०८०

विराटनगर । मोरङ्गको विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले आज पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो ।

‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्र्तगत नर्मल प्रसुति भएर जन्मिएको आमा र बच्चा दुबैको निःशुल्क उपचार हुनेछ । शल्यक्रिया गरेर छोरा जन्मिएमा आमाको उपचार खर्च लाग्नेछ भने शल्यक्रिया भएर छोरी जन्मिएको खण्डमा आमाको उपचार खर्च नलाग्ने हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानले बताउनुभयो ।

५० बेडको पारस अस्पतालमा १७ बेडको स्त्री तथा प्रसुती रोग विभाग रहेका छन् । डा. रहमानले चाँडैनै ५० बेडलाई बढाएर १ सय बेडको अस्पताल सञ्चालनमा ल्याउन लागेको बताउनुभयो । ‘आमा र छोरी बचाउ’ कार्यक्रमको लागि प्रसुति गराउन दक्ष जनशक्ति रहेको अस्पतालले जनाएको छ । प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.कविता यादवको नेतृत्वको टिम अस्पतालमा छ ।

अस्पतालले ‘आमा र छोरी बचाउ’ कार्यक्रमबाट छोरी पाउने आमालाई १ हजार रुपैयाँ प्रोत्साहन भत्ता पनि दिने भएको छ । हस्पिटलले सहुलियमा उपचार गर्ने पनि घोषणा गरेको छ । एक हजार रुपैयाँको सुविधा कार्ड बनाए एक वर्षसम्म अस्पतालको ओपीडी निःशुल्क, अन्य परीक्षणमा २५ प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारयण मेहताले बताउनुभयो ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!