अंग्रेजी र नेपाली माध्यमकाे नाममा विभेदकारी शिक्षा दिने विद्यालयलाई प्रदेशले सहयाेग गर्दैन : मुख्यमन्त्री कार्की

Radio Nagarik 100.4 MHz बिहिबार, पौष २६, २०८०

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अंग्रेजी र नेपाली माध्यमकाे नाममा विभेदकारी शिक्षा दिने कुनैपनि विद्यालयलाई प्रदेश सरकारले सहयाेग नगर्ने बताएका छन् ।

महेन्द्र रत्न माध्यमिक विद्यालय विर्तामाेड-३, झापाकाे ६६ अैां वार्षिकाेत्सव कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली र अंग्रेजी माध्यमकाे नाममा हुँदा खाने र हुने खाने वर्ग‌बीचकाे विभेदकारी शिक्षा दिने कार्य तत्काल राेक्नुपर्ने बताएका हुन् । ´भाषा ज्ञान हाेइन माध्यम मात्रै हाे,` उनले भने, ´विद्यालयमा धनीका छाेराछाेरीलाई अंग्रेजी र गरीवका छाेराछाेरीलाई नेपाली माध्यममा शिक्षा दिएर विभेद भइरहेकाे छ । अहिले लाेकतान्त्रिक व्यवस्थामा कसैले कसैलाई विभेद गर्ने छुट कानूनले दिएकाे छैन ।`

हुने खाने र कर्मचारी वर्गले गरीव विद्यार्थीका लागि राज्यले दिने छात्रवृति सुबिधा हात पार्न सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमकाे विभेदकारी शिक्षा सुरू गरेकाे मुख्यमन्त्री कार्कीकाे आराेप छ । ´सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नभएकाे भन्दै निजी विद्यालयमा आफ्ना छाेराछाेरी पढाउने हुने खाने र कर्मचारी वर्गले किन समुदायिक विद्यालयमा पढाउन थालेका छन् ?,` उनले भने, ´निजीमा पढेका विद्यार्थीले उच्च शिक्षाका लागि सरकारले दिने छात्रवृति नपाएपछि सामुदायिक विद्यालयमा नै अंग्रेजी माध्यममा पढाउन लगाएका छन् । तर त्याे अंग्रेजी माध्यममा गरीवका छाेराछाेरीले भर्ना पाउँदैन । उनीहरूका लागि त्यही विद्यालयमा नेपाली माध्यममा पढाएर विभेद गरिरहेकाे छ ।`

धनी र गरीव भनेर दिने शिक्षाले गरीव विद्यार्थीमा सम्मानकाे भावना विकास हुन्छ कि विद्राेहकाे भन्दै मुख्यमन्त्री कार्की प्रश्न गरेका हुन् । ´विद्यालयले दिइरहेकाे विभेदकारी शिक्षाले हुँदा खाने र हुने खाने वर्गबीच खाडल बनाउँदै छ,` उनले भने, ´विद्यालयकाे प्रांगनमा हुँदाखाने र हुनेखाने वर्गका लागि छुट्टाछुट्टै शिक्षा दिने विद्यालयले म हुँदासम्म प्रदेश सरकारले सहयाेग गर्दैन ।` विद्यालयले हुँदा खानेकाे पैसाले हुने खाने वर्गलाई सहयाेग गर्दै समान शिक्षा दिनुपर्ने उनकाे भनाइ थियाे ।

पैसा अभावमा अब काेही गरीवका छाेराछाेरीलाई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनु नदिन प्रदेश सरकारले बजेट विनियाेजन गरेकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् ।´डाक्टर बन्न चाहने गरीवका छाेराछाेरीकाे पैसा अभावमा पढाइ राेकिदैन,` उनले भने, ´चिकित्सा, पशु, कृषि, कानूनलगायतका विषयमा गरीवका छाेराछाेरीलाई पढाउन छात्रवृतिकाे व्यवस्था गरेर प्रदेश सरकारले मानवीय विकासका लागि पाइला चालिसकेकाे छ ।`

ज्ञान बाँड्ने थलाे विद्यालय अहिले सर्टिफिकेट बाँड्ने कार्यालय भएकाे भन्दै मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरेका हुन् । ´विद्यालय ज्ञान बाँड्ने थलाे नै रहनुपर्छ र त्यसलाई ज्ञानकाे मन्दिर बनाइ राख्नु हामी सबैकाे दायित्व हाे,` उनले भने, ´सामुदायिक विद्यालयहरूकाे नेपाली माध्यममा भइरहेकाे पठन पाठन सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएकाे छ ।` एउटै विद्यालयमा अंग्रेजी माध्यमकाे शिक्षा गुण्स्तरीय छ तर नेपाली माध्यममा शैक्षिक वातावरण नै छैन । आखिर किन यस्ताे विभेद ?` नेपाली माध्यमका सामुदायिक विद्यालयहरू हुने खाने वर्गका बुहारी, स्वास्नी, छाेरीहरूले जागिर खाने थलाेकाे रूपमा समेत विकास भइरहेकाे प्रति मुख्यमन्त्री कार्कीले चिन्ता व्यक्त गरेका हुन् ।

´शिक्षकहरूले विद्यार्थीहरूलाई दिएकाे ज्ञानकाे परीक्षा विपद्काे वेला हुन्छ, आगलागी भइरहेकाे बेला विद्यार्थी तथा युवा वर्गले फेसबुक लाइभ गरेर रमाइलाे गरिरहेकाे देखिन्छ,` उनले भने, ´शिक्षकले दिएकाे ज्ञान अहिलेका विद्यार्थीहरू विराेधमा लेख्दै समाजिक सञ्जालमा खन्याएकाे देखिन्छ त्यसैले शिक्षक तथा गुरु वर्गले पनि कस्तमे शिक्षा दिइरहेकाे बारे साेच्नै पर्ने बेला आएकाे छ ।` अहिलेका विद्यार्थीहरूमा व्यवहारिक ज्ञानकाे अभाव रहेकाले समाज विकृत हुँदै गएकाे उनकाे भनाइ थियाे ।

´अब विद्यालयहरूकाे शैक्षिक गुणस्तर सुधारकाे वपकल्प छैन,` उनले भने, ´त्यसैले भावी पुस्ताकाे भविष्य सुरक्षित गर्न हामी सबैले हातेमालाे गरेर विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा जुट्नुकाे विकल्प छैन ।`

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!