धम्की दिएर फिरौती मागेको आरोपमा भागवान पक्राउ

Radio Nagarik 100.4 MHz बिहिबार, पौष १९, २०८०

विराटनगर । फोनबाट ज्यान मार्ने धम्की दिदै रकम माग्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ३४ वर्षिय श्रीभगवान साह रहेको छ ।

उहाँले पुस १० गते देखि १८ गते सम्म मोबाइल नम्बर ९८०१५७७५१० बाट लक्ष्मीनियाका एक व्यापारीलाई धम्की दिइ ५ देखि ५० लाख सम्मको रकम माग गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्।

पक्राउ परेका साहले व्यापारी र उहाँका छोराछोरीको समेत ज्यान मार्ने धम्की दिएर बारम्बार रकम माग गरे पछि प्रहरीले घटनामा प्रयोग भएको मोबाइल नम्बरलाई अनुसन्धान गरेर उनलई पक्राउ गरेको डिएसपी गिरीले बताइन ।

‘साहलाई आपराधिक लाभ९एक्सर्टसन० सम्बन्धी कसुर अन्र्तगत आवश्यक अनुसन्धान र कारवाही गर्दै पक्राउ गरेका छौं ।’ प्रवक्ता डिएसपी गिरीले भनिन “यस घटनामा अन्य पनि संलग्न व्यक्तिहरुको पहिचान गरी खोजतलाश गर्ने कार्य भइरहेको छ ।’

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!