राम ऋषिदेव समुदायका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण

विराटनगर । राम ऋषिदेव समुदायका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । सुनसरीको बर्जु गाउँपालिका–३ का राम ऋषिदेव उत्थान परियोजनाअन्तर्गत राम ऋषिदेव समुदायका अति विपन्न ३५ जना बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। कार्यक्रम मंगलबार बर्जु गाउँपालिकाको आयोजना र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र (हर्ड नेपाल)को प्राविधिक सहयोगमा […]

विराटनगरमा स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको पहिलो राष्ट्रिय सम्मेलन जेठ २३ र २४ गते हुने

विराटनगर । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको पहिलो राष्ट्रिय सम्मेलन यही जेठ २३ र २४ गते विराटनगरमा आयोजना हुने भएको छ। यसअघि स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूको दुई पटक राष्ट्रिय सम्मेलन भइसकेको भए पनि उप–प्रमुख तथा उपाध्यक्षहरूका लागि यो सम्मेलन पहिलो पटक हुन लागेको हो। विराटनगर महानगरपालिकाको आयोजनामा बिरेन्द्र सभागृहमा सञ्चालन हुने दुई दिने सम्मेलनको […]

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना नयाँ चरणमा प्रवेश गर्न तयार, कोशी प्रदेशमा स्थलगत अनुगमन

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई नयाँ चरणमा प्रवेश गराउने तयारीस्वरूप गठन गरिएको कार्यदलले सुनसरीको देवानगञ्ज गाउँपालिका सहित कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर परियोजनाद्वारा सञ्चालित कार्यक्रमहरूको स्थलगत अनुगमन गरेको छ। विगत ९ वर्षदेखि सञ्चालनमा रहेको उक्त परियोजना अहिले दशौँ र अन्तिम वर्षमा पुगेको छ। यसै सन्दर्भमा, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले परियोजनालाई नयाँ ढंगले पुनर्संरचना […]

७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य रूपमा सम्पन्न

विराटनगर ।  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे ज्यूको अध्यक्षतामा ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ तथा World Summiter’s Summit 2025 भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौको एक होटलमा आयोजना गरिएको थियो, जसमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कुमार कार्की, कोशी प्रदेशका पर्यटन, […]

अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सहजता, स्वतन्त्रता र गरिमाको अनुभूति गराउने उद्देश्यका साथ बर्जु गाउँपालिकाले करिब १०० जना नागरिकहरूलाई सहायता सामग्री वितरण गरेको छ। ह्वीलचेयर, वाकर, ट्राइपड स्टिक, क्वाड स्टिक, र छडीजस्ता सहायक उपकरणहरू वितरण गरिएको कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको हो। शुक्रबार बर्जु गाउँपालिकाको कार्यालयमा आयोजित विशेष […]

रामसीता विद्यालयका जग्गादाता सीतारामको सालिक अनावरण

विराटनगर । श्री रामसीता माध्यमिक विद्यालय, बर्जु गाउँपालिका–२ मा सोमबार एक विशेष समारोहका बीच विद्यालयका जग्गादाता स्वर्गीय सीताराम राय कुर्मीको सालिक अनावरण गरिएको छ। स्व. कुर्मीले विद्यालयलाई १८ कठ्ठा जग्गा दान गरेका थिए। उक्त जग्गाको मूल्य करोडौं रुपैयाँ बराबर रहेको जनाइएको छ। विद्यालयका लागि यति ठूलो योगदान दिएकोमा स्व. कुर्मीप्रति गहिरो सम्मान प्रकट गर्दै उनको […]

मनोपरामर्श तथा जीवनवृत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर । समाजमा बढ्दो सामाजिक विकृति, मानसिक तनाव र युवाहरूको दिशाविहीनतालाई मध्यनजर गर्दै कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरले सोमबार ‘मनोपरामर्श तथा जीवनवृत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ। विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रममा कक्षा १० देखि स्नातक तहसम्म अध्ययनरत १४२ जना विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य युवाहरूलाई मानसिक स्वास्थ्य, कानुनी […]

कृषिमा समर्पित सन्जय मेहता

विराटनगर । सुनसरीको देवानगञ्ज–१ का किसान सन्जय मेहता विहानैदेखि खेतमा व्यस्त देखिन्छन्। हामीले भेट्दा उहाँ खेतमै पानी पटाउँदै हुनुहुन्थ्यो। सानैदेखि खेतीमा लागेका मेहता अहिले आठ बिगाहामा व्यवसायिक खेती गर्दै आउनुभएको छ। उहाँले आफ्नै खेतमा २.५ बिगाहामा उखु, १५ कट्ठामा केरा, घेरा, परवल लगायतका तरकारीबाली लगाउनुभएको छ। बाँकी केही खेत तयारी अवस्थामा छन्। सिचाइको लागि पम्पसेट […]

देवानगञ्जमा ट्रान्सफर्मर चोरी, सिँचाइ अवरुद्ध – विद्युतीकरण योजनामा चुनौती

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा रहेको डिप बोडिङ्गमा जडान गरिएको विद्युत ट्रान्सफर्मर फोडेर तामाको क्वाइल चोरी भएको छ। चोरीका कारण गाउँका करिब ५० बिघा जमिनमा सिँचाइ रोकिएको छ भने गाउँपालिकाको ठूलो कृषि विद्युतीकरण योजनामै चुनौती खडा भएको छ। वडाध्यक्ष जग नारायण मेहताका अनुसार ट्रान्सफर्मर उहाँकै खेतमा जडान गरिएको थियो र बुधबार राति ९ बजेसम्म […]

अमर सिंह मा. विलाई नयाँ स्कुल बस हस्तान्तरण

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाले वडा नम्बर ५  अवस्थित अमर सिंह माध्यमिक विद्यालयलाई सोमबार एक औपचारिक कार्यक्रमका बीच नयाँ ५१ सिट क्षमताको स्कुल बस हस्तान्तरण गरेको छ। गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सो बस विद्यालयका प्रधानाध्यापक ईन्द्रदेव गुप्तालाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा उपाध्यक्ष कुमारी विभा यादव, वडा नं. ५ का अध्यक्ष मनोज मण्डल, वडा सदस्य […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!