काठमाडौं। प्युठानमा डस्टबिनभित्र नवजात शिशुको शवफेला परेको छ। सरुमारानी गाउँपालिका-२, दर्भानमा बिहीबार बिहान फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार शिशुको शव सालनालसमेत नकाटिएको अवस्थामा फेला परेको छ। स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै प्रहरी निरीक्षक केशव केसीको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। […]
काठमाडौं । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर [माघे] सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई […]
विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ मोरङको आयोजनामा सम्पन्न क्यान प्रिमियर लिग 2025 मा नेशनल टेक चेलेन्जरस विजेता घोषित भएका छन्। प्रतियोगिता विराटनगरको द स्पोर्ट्स हब मा भव्य रूपमा सम्पन्न भएको थियो। प्रतियोगितामा मोरङलाई कार्यक्षेत्र बनाएर आई.सि.टी. क्षेत्रमा सक्रिय ५० भन्दा बढी व्यवसायी र कर्मचारीहरूले भाग लिएका थिए। सात समूहमा विभाजित टोलीमध्ये नेशनल टिच […]
विराटनगर । सुनसरी जिल्लाको सीमा क्षेत्रस्थित देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षतामा, उपाध्यक्ष विभा कुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी सहितका सभा सदस्यहरूको उपस्थिति रहेको यस अधिवेशनले विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। सभामा उपाध्यक्ष विभा कुमारी यादवले कार्यपालिका निर्णय, अस्थायी/करार/ज्यालादारी कर्मचारीहरूको म्याद थप, […]
काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष […]
विराटनगर । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी बैसाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन […]
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले न्युरो अस्पताल विराटनगरसँग स्वास्थ्य उपचार सेवाका लागि थप तीन वर्षका लागि सम्झौता गरेको छ । आज न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगर र महासंघ मोरङवीच थप तीन वर्षका लागि सम्झौता गरिएको छ । न्युरो अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्टको उपस्थितिमा महासंघ मोरङ अध्यक्ष सुशीला पाठक र अस्पतालका अपरेशनल डाइरेक्टर […]
विराटनगर । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य […]
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१, मिलन चोकस्थित टंकीसिनवारी कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष भलाकाजी राईले गरेका थिए। प्रमुख अतिथिका रूपमा बुढीगंगा गाउँपालिका वडा नं. १ का अध्यक्ष सोमराज काफ्ले, विशिष्ट अतिथिका रूपमा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदार, विभिन्न सल्लाहकार, संचालक […]
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्नो १ सय दिने कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले १३ बुँदे उपलब्धि प्रस्तुत गर्दै सहकारी, कृषि, उद्यमशीलता र पशुपालनमा थुप्रै नीतिगत र कार्यान्वयनका सुधार ल्याएको जानकारी दिए। मन्त्री हाङगामले सहकारी संस्थाहरूलाई व्यवस्थित गर्न एप्लिकेशन सफ्टवेयरमार्फत नियमनको प्रक्रिया सुरु […]