आदर्श माध्यमिक विद्यालयको प्रवेश परीक्षामा उत्साहजनक सहभागिता

आदर्श माध्यमिक विद्यालयको प्रवेश परीक्षामा उत्साहजनक सहभागिता

डुमरलाल मेहता सोमबार, बैशाख २२, २०८२

विराटनगर । आदर्श माध्यमिक विद्यालय विराटनगर ७ मोरङले शैक्षिक सत्र २०८२ का लागि प्रवेश परीक्षा लिएको छ। प्रवेश परीक्षामा कक्षा ४ देखि कक्षा ९ सम्म २४० जना विद्यार्थीका लागि लिएको प्रवेश परीक्षामा १७६४ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका छन् ।

कक्षा ४ देखि कक्षा ९ सम्मका लागि प्रत्येक कक्षामा ४० जनाका लागि लिएको भर्ना परीक्षामा कक्षा ४ मा १२४ कक्षा पाँचमा १९२ कक्षा ६ मा २८० कक्षा ७ मा ३३४ कक्षा ८ मा ४२० कक्षा ९ मा ४१४ गरी जम्मा १७६४ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएका छन् । पछिल्लो समय आदर्श माध्यमिक विद्यालयमा भएको शैक्षिक सुधारका कार्यक्रमको प्रभावका कारण विद्यालयको आकर्षण दिनप्रतिदिन बढ्दै गइरहेको छ । कक्षा बालविकासदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली माध्यममा पढाइ हुँदै आएको यस विद्यालयमा प्राविधिक धारका डिप्लोमाका कक्षाहरू तथा समावेशी शिक्षाका रूपमा अपाङ्गता भएका बालबालिकाहरूका लागि सिकाई वातावरण पनि सुरु गरिएको छ। देशकै पुरानो विद्यालयको नाममा छवि बनाएको यस विद्यालयले पछिल्लो समय आफूलाई देशभरिका विद्यालय मध्ये उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरेको छ। यस विद्यालयमा धेरै अभिभावकका बालबालिकाहरूले पढ्न चाहेको भएतापनि विद्यालयको पूर्वाधारका अभावको कारणले विद्यालयले सबै विद्यार्थीहरूलाई भर्नालीएर शिक्षण सिकाई गर्न सकेको छैन। विद्यालयले आफ्नो सेवा क्षेत्रभित्रका आधारभूत तहका विद्यार्थी हरू र बाल विकास केन्द्रका विद्यार्थीहरूलाई भने प्रवेश परीक्षा बिना नै भर्ना लिने गरेको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!