मनोपरामर्श तथा जीवनवृत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

डुमरलाल मेहता सोमबार, बैशाख २९, २०८२

विराटनगर । समाजमा बढ्दो सामाजिक विकृति, मानसिक तनाव र युवाहरूको दिशाविहीनतालाई मध्यनजर गर्दै कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरले सोमबार ‘मनोपरामर्श तथा जीवनवृत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न गरेको छ।

विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रममा कक्षा १० देखि स्नातक तहसम्म अध्ययनरत १४२ जना विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य युवाहरूलाई मानसिक स्वास्थ्य, कानुनी चेतना र करियर निर्माणमा सशक्त बनाउनु रहेको आयोजकले जनाएको छ।

समाजका अध्यक्ष रामखेलौन मेहताका अनुसार पछिल्लो समय युवामाझ देखिएको लागूपदार्थ दुरुपयोग, आत्महत्या र सामाजिक अन्यायजस्ता समस्याको समाधानका लागि युवामैत्री कार्यक्रमको आयोजना गरिएको हो। “युवाहरूलाई सही मार्गदर्शन प्रदान गर्न र सकारात्मक सोचको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो,” अध्यक्ष मेहताले बताए।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरेका थिए। प्रोफेसर डा. रामशरण मेहताले मानसिक स्वास्थ्यबारे जानकारी दिँदै आत्मविश्वास र सकारात्मक सोच विकास गर्न प्रेरित गरे। सरकारी वकिल कार्यालय मोरङकी अधिवक्ता सिमा यादवले कानुनी चेतना, बालअधिकार तथा साइबर सुरक्षाका विषयमा प्रकाश पारिन्। डा. उपेन्द्र मेहताले करियर लक्ष्य निर्धारणबारे मार्गदर्शन गरे भने कोशी अस्पतालका जनस्वास्थ्य अधिकृत गजेन्द्र यादवले मानसिक सन्तुलन र स्वस्थ सोचको महत्त्वबारे मन्तव्य राखे।

कार्यक्रमपछि सहभागी विद्यार्थीहरूले कार्यक्रम अत्यन्तै उपयोगी, मार्गदर्शक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।

कुशवाहा राष्ट्रसेवक समाज नेपालले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!