विराटनगरमा स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको पहिलो राष्ट्रिय सम्मेलन जेठ २३ र २४ गते हुने

डुमरलाल मेहता बुधबार, जेठ २२, २०८२

विराटनगर । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको पहिलो राष्ट्रिय सम्मेलन यही जेठ २३ र २४ गते विराटनगरमा आयोजना हुने भएको छ। यसअघि स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूको दुई पटक राष्ट्रिय सम्मेलन भइसकेको भए पनि उप–प्रमुख तथा उपाध्यक्षहरूका लागि यो सम्मेलन पहिलो पटक हुन लागेको हो।

विराटनगर महानगरपालिकाको आयोजनामा बिरेन्द्र सभागृहमा सञ्चालन हुने दुई दिने सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ। सम्मेलनको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्मेलन सम्पन्न गर्न ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए। उक्त खर्चमध्ये १० लाख रुपैयाँ कोशी प्रदेश सरकारले सहयोग गर्नेछ।

कोइरालाका अनुसार यस सम्मेलनले उप–प्रमुख तथा उपाध्यक्षहरूको भूमिकालाई स्पष्ट पार्ने र संघीयताको कार्यान्वयन, स्थानीय सरकार सञ्चालन तथा न्यायिक समितिहरूको कार्यसम्बन्धी महत्वपूर्ण छलफल गर्ने लक्ष्य राखिएको छ।

विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीका अनुसार, हाल कार्यरत उप–प्रमुख तथा उपाध्यक्षहरूको कार्यकाल सकिन केही समय बाँकी रहेको अवस्थामा आयोजना हुने यस सम्मेलनले आगामी कार्यकालका लागि निर्वाचित हुने जनप्रतिनिधिहरूलाई काम गर्न थप सहजता ल्याउने अपेक्षा गरिएको छ। “स्थानीय सरकारका न्यायिक समिति, संघीय संरचनाभित्रको कामको बाँडफाँड, र उप–प्रमुख तथा उपाध्यक्षहरूको भूमिकाका विविध पक्षमा केन्द्रित भएर छलफल हुने छ,” उप–प्रमुख कार्कीले बताइन्।

कार्यक्रम तयारीको समन्वयमा रहेका विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले पत्रकार सम्मेलनमा सहभागिता बताए। सम्मेलनमा देशभरका स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूको सहभागिता रहनेछ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!