अमर सिंह मा. विलाई नयाँ स्कुल बस हस्तान्तरण

डुमरलाल मेहता मंगलबार, बैशाख २३, २०८२

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाले वडा नम्बर ५  अवस्थित अमर सिंह माध्यमिक विद्यालयलाई सोमबार एक औपचारिक कार्यक्रमका बीच नयाँ ५१ सिट क्षमताको स्कुल बस हस्तान्तरण गरेको छ।

गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सो बस विद्यालयका प्रधानाध्यापक ईन्द्रदेव गुप्तालाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा उपाध्यक्ष कुमारी विभा यादव, वडा नं. ५ का अध्यक्ष मनोज मण्डल, वडा सदस्य प्रमानन्द पाल, समाजसेवी अशोक बहरदार, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष मेहताले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पालिकाले विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गरे। साथै, स्कुल बस सञ्चालनमा आएपछि टाढाबाट विद्यालय आउन–जान कठिन हुने विद्यार्थीहरूलाई सहज हुने र विद्यार्थीहरूको संख्या समेत वृद्धि हुने विश्वास व्यक्त गरे।

विद्यालयका लागि यो बस सुविधा स्थानीय तहको प्रयास र समुदायको सहकार्यको सफल उदाहरणका रूपमा लिइएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!