कृषिमा समर्पित सन्जय मेहता

डुमरलाल मेहता सोमबार, बैशाख २९, २०८२

विराटनगर । सुनसरीको देवानगञ्ज–१ का किसान सन्जय मेहता विहानैदेखि खेतमा व्यस्त देखिन्छन्। हामीले भेट्दा उहाँ खेतमै पानी पटाउँदै हुनुहुन्थ्यो। सानैदेखि खेतीमा लागेका मेहता अहिले आठ बिगाहामा व्यवसायिक खेती गर्दै आउनुभएको छ।

उहाँले आफ्नै खेतमा २.५ बिगाहामा उखु, १५ कट्ठामा केरा, घेरा, परवल लगायतका तरकारीबाली लगाउनुभएको छ। बाँकी केही खेत तयारी अवस्थामा छन्। सिचाइको लागि पम्पसेट प्रयोग गर्नुपर्दा खर्चिलो भएको गुनासो उहाँको छ। “यहाँ पैनीको सुविधा छैन,” उहाँले भन्नुहुन्छ, “पम्पसेट प्रयोग गर्दा केही सजिलो भए पनि खर्च धेरै लाग्छ।

कक्षा ११ सम्म अध्ययन गरेका सन्जयले पढाइमा अगाडि बढ्न नसके पनि छोराछोरीको शिक्षामा कुनै सम्झौता गर्नुभएको छैन। उहाँका एक छोरा र दुई छोरी छन्। जेठो छोरा अहिले विराटनगरका क्याम्पसमा अध्ययनरत छन् भने बाँकी दुईजना छोरी जनता माध्यमिक बिद्यालयमा अध्ययनरत छन्। “आफूले राम्रोसँग पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिने लक्ष्य राखेको छु,” उहाँ भन्छन्।

मेहताको खेतीबाट वार्षिक झण्डै १० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। पहिले परम्परागत रूपमा धान र गहुँ खेती गर्दा निकै कठिन हुने गरे पनि अहिले तरकारी र उखुजस्ता नगदे बालीबाट राम्रो आम्दानी भइरहेको उहाँको अनुभव छ।

बजारका हिसाबले उहाँलाई खास समस्या छैन। व्यापारीहरू खेतमै आएर उपज किन्ने गर्छन् भने कहिलेकाहीं उहाँ आफैं पनि स्थानीय देवानगञ्ज हटियामा उपज पुर्याउने गर्नुहुन्छ। “बजारको समस्या छैन ।

यद्यपि यति मेहनतपछि पनि स्थानीय सरकारबाट सहयोग नपाएको गुनासो उहाँको छ। “सरकारले अनुदान दिन्छ भन्छ, तर कार्यान्वयनमा केही हुँदैन। समाचारमा मात्रै देखिन्छ, व्यवहारमा हामीजस्ता किसानको पहुँचमा छैन,” उहाँ दुखेसो पोख्नुहुन्छ। उहाँलाई लाग्छ—अनुदान माथिल्लै तहमा सकिन्छ, पहुँच भएका मानिसहरू मात्र लाभान्वित हुन्छन्।

कृषिमा समर्पित सन्जय मेहता जस्ता किसानको कथा न त बडो प्रचारमा आउँछ, न त उनीहरूले त्यस्तो सम्मान पाउँछन्। तर यिनै किसानहरूको निरन्तर प्रयासले देशको कृषि प्रणाली जीवित छ। अब भने स्थानीय सरकार र सम्बन्धित निकायले यस्ता किसानप्रति गम्भीर ध्यान दिनुपर्ने समय आएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!