
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएको छ । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेको छ । झापा क्षेत्र नम्बर ५(९)१० बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन […]
सुनसरी । सुनसरीर्को बर्जु गाउँपालिका–६ चिमडी बर्जु तालमा बर्जु महोत्सवको तयारी भएको छ । स्थानीयस्तरमा पर्यटक प्रवर्धन गर्ने र स्थानीय उत्पादनको पर्दशन तथा मनोरन्जनात्मक कार्यक्रम सहित बर्जु महोत्सवको तयारी भएको हो । बर्जु–६ चिमडीस्थित बर्जु तालको परिसरमा पुस २२ गतेदेखि सुरु हुने बर्जु महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने आयोजक बर्जु सामुदायिक विकास केन्द्रको श्रवन […]
सप्तरी। सप्तरी जिल्ला डाक्नेश्वोरी नगरपालिका वडा नम्बर ७ मा तीन वर्षअघि भएको संगीता मण्डलको घटनामा सप्तरी जिल्ला अदालतले पञ्चहरूलाई कैद सजायसहितको फैसला गरेको छ । सामूहिक बलात्कारपछि पीडितको इज्जतभन्दा गाउँको इज्जत ठूलो भन्दै घटना मिलाउन खोज्ने र प्रहरीमा जाहेरी दिए सामाजिक बहिष्कार गर्ने चेतावनी दिनेलाई पनि कैद सजायँ भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको […]
चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले बताए । नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायत सामग्रीसमेत […]
विराटनगर । आज ‘राखी’ पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने आज मिथिलामा जनै पूर्णिमा, रक्षाबन्धन पर्व मनाइँदै छ । मिथिलामा दाजुभाइ र दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ । हिन्दू नेपाली परम्परामा […]
काठमाडौं । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन चारसय केभी र २२०÷१३२÷३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो । बाढीले सबस्टेसनको कम्पाउण्डवाल […]
विराटनगर । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]
काठमाडौं । पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ । हरितालिका (तीज)को आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ । मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । नयाँ भेरियन्टसहितको कोरोनाको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफूले ज्ञान प्राप्त गरेको अध्यक्ष प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने, ‘केपीसँग एकता गरेर के पायो रु भनेर साथिहरुले प्रश्न गर्यो, मैले ज्ञान प्राप्त गरेर आए । अरु त के पाउनु छ र रु ठूलो ज्ञान […]