घरमै यौनधन्दा चलाएको आरोपमा घरपेटि सहित तीन जनालाई पक्राउ

Radio Nagarik 100.4 MHz शनिबार, चैत्र २५, २०७९

विराटनगर । सुनसरीको इनरुवा ७ स्थित एक घरमै यौनधन्दा चलाएको आरोपमा दुहबी प्रहरीले तीन जनालाई पक्राउ गरेका छन ।

सुनसरीको ईनरुवा ७ स्थित दुहबी ईनरुवा सडक खण्ड छेउको जमुवा चौकको एक घरमा मदिरा पसलको आडमा केही बर्षदेखि यौनधन्दा संचालन गर्दै आएको जनगुनासोको आधारमा वर्ष ४९ कि घरवेटि उषा चौधरी लगायत ३ जना लाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा ईटहरी बस्ने वर्ष ३३ कि एक युवती रहेकि छिन भने गढि २ बस्ने वर्ष ५० को जलेस्वर बिक रहेका छन ।
उनिहरु लाई गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेको बताइएको छ ।

समाजमा बर्सौ देखि अनैतिक क्रियाकलाप गर्ने लाई प्रहरीले रंगेहात पक्राउ गरे पछि दुहबी प्रहरी प्रती आशावादी र हर्सित भएको स्थानीयहरु बताउँछन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!