गुञ्जिन थाले होलीका गितहरू

जितेन्द्र ठाकुर आइतबार, फाल्गुण २१, २०७९

विराटनगर : फागु पुर्णिमा नजिकिदै जाँदा अहिले पुर्वी तराईका गाउँहरूमा होलीका गितहरू गुञ्जिन थालेका छन् ।
गाँउ टोलमा हुने सामान्य किर्तन होस वा अन्य कुनै सांस्कृतिक कार्यक्रम अहिले होलीका गितले स्थान पाउन थालेका छन ।
गाउँ घरमा डेक साउण्ड बक्स सुन्नेहरूले पनि होलीको गितलाई पहिलो रोज्ने गरेका छन् । यसका अतिरिक्त पुर्वी तराईमा रहेका बिभिन्न एफएमहरूले पनि होलीका गित प्रसारणलाई प्राथमिकता दिएका छन् । सामाजिक सदभाव बढाउने तथा हर्ष र रंग अबिरको पर्वको रुपमा रहेको होलीलाई असत्यमाथी सत्यको जितको पर्वको रुपमा लिने गरिन्छ । यसवर्ष पहाडी क्षेत्रमा आउदो फागुन २२ र २३तराईका जिल्लामा होली मनाईदैछ ।
खासगरि बसन्त पञ्चमीका दिनदेखी फागु पुर्णिमा सम्म होलीका गित र त्यस संगै जोगिराले महत्व पाउने गरेका छन् । होलीका गितको बीचमा दुईजना बीच हुने ब्यङात्मक तथा सन्देशमुलक लयपुर्ण वार्तालाई जोगिरा भन्ने गरिन्छ । अहिले ग्रामिण क्षेत्रमा पाँच सात जना भेला हुने बितिकै होलीका गित सुरु हुने गरेको छ । ढोलक , मादल लगायतका बाद्यवादन सामग्री लिएर होलीका गित सुरु हुनासाथ एक दुई गर्दे धेरै श्रोता र गायक जम्मा हुने गरेका छन् । तर बिगतको जस्तो होली गित गाउनेहरूको संख्या अहिले निक्कै कम भएको छ । विराटनगर भगवान झाले विगतको पुस्ता जस्तो नया पुस्ताले होलीका गित गाउनमा बढी चासो नदिएकाले गाउनेहरूको संख्यामा कमी आएको सुनाए ।

यघपी गाउन नआए पनि आधुनिक साधन प्रयोग गरेर पनि युवा पुस्ता होलीका गित प्रति आर्कषित भएको मैथिली सेवा समितिका प्रवीणनारायण चौधरीले बताए । उनले भने–‘होलीका गितमा अझै पनि माधुर्यता र सन्देश लुकेको छ जसले आपसी सदभावलाई बढावा दिन्छ ।’ आम श्रोताले फागुन सुरु हुने बितिकै होलीका गितलाई बढी रुचाउने गरेका कारण अहिले एफएम रेडियोहरूमा पनि बढी प्राथमिकतामा होलीका गितहरू रहेको बताइएको छ । रोडियो संगै विभन्न कृतनहरुमा पनि ‘जोगिरा सर…र…र…, कौन तालपर ढोलक बाजे, कौन ताल मृदङ्ग….कौन तालपर गारिया नाचे, कौन तालपर हम’ थारु बाहुल क्षेत्रमा ‘ होली एली रे जोगिरा सर…र…र…गीत सुन्न सकिन्छ मृदङ्ग, ढोल, डम्फुको स्वर पनि सुनिन थालेको छ । विराटरनगर स्थित रहेको रेडिएको नागरिकका स्टेशन म्यासेन्जर अरबीन्द्र मेहताले श्रोताहरु कै पहिलो चाहना नै होलीका गित रहेकाले दिन भरी सञ्चालन हुने सवै कार्यक्रममा होलीको गित बजाउने गरेको बताए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!