पथरी शनिश्चरेमा ‘सिर्जना मझेरी’ : कविता, गीत, गजल र मुक्तकले गुञ्जियो साहित्यिक माहोल

पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरपालिका–१, रत्नचोकस्थित मनोहर होटलमा कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा ‘सिर्जना मझेरी’ साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी साहित्यकारहरूले कविता, गीत, गजल र मुक्तक प्रस्तुत गर्दै साहित्यिक माहोललाई सिर्जनामय बनाएका थिए। पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकारहरूले आफ्ना रचनामार्फत समाज, प्रकृति, मानवीय संवेदना […]

विराटनगरमा एक करोड लगानीको ‘फोर स्टार’ म्याट्रेस स्टुडियो, नेपालकै पहिलो भएको दाबी

विराटनगर । विराटनगर–३ गोग्राह चोकमा करिब एक करोड रुपैयाँको लगानीमा ‘फोर स्टार म्याट्रेस स्टुडियो’ सञ्चालनमा आएको छ। बेड तथा म्याट्रेसका विभिन्न प्रकारका उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गरेका छन्। स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा आरामदायी निद्राका लागि उपयोगी सामग्री उपलब्ध […]

जलवायु परिवर्तनका अभियन्ता अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण मन्त्रीका सल्लाहकार नियुक्त

विराटनगर । जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता, जलवायु वित्त तथा हानि र नोक्सानीका क्षेत्रमा लामो समयदेखि क्रियाशील विराटनगरका युवा अभियन्ता अभिषेक श्रेष्ठ कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सल्लाहकारमा नियुक्त भएका छन्। श्रेष्ठ नेपाल सरकारको विशिष्ट श्रेणीसरहको अवैतनिक सल्लाहकार पदमा नियुक्त भएका हुन्। उनलाई मन्त्रालयका नीतिगत तथा प्राविधिक विषयमा परामर्श दिने जिम्मेवारी प्रदान […]

पञ्चायत माविका पूर्वविद्यार्थीको पहिलो साधारण सभा: टिकेन्द्र अध्यक्षमा चयन, अग्रज प्रतिभाहरू सम्मानित

पथरी शनिश्चरे समाचारदाता, कार्तिक १ गते। मोरङको पथरी शनिश्चरेस्थित पञ्चायत माध्यमिक विद्यालयको पूर्वविद्यार्थी समाजको प्रथम साधारण सभाले टिकेन्द्र पौडेल (दिनेश) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। साधारण सभाले विद्यालयका पूर्वविद्यार्थी, राष्ट्रिय खेलाडी, शिक्षक, पूर्वप्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको छ। साधारण सभाबाट समाजको उपाध्यक्षमा सन्तोष ढुङ्गेल, […]

वैदेशिक सहायता प्रतिबद्धता घट्यो ४१ प्रतिशत

गत आव १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँमात्र वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । २८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक सहायता प्रतिबद्धतामा ४१ प्रतिशतको गिरावट आएको देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक अर्थ बुलेटिन अनुसार  यस आवमा १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँमात्र वैदेशिक सहायता प्रतिबद्धता […]

बुढीगंगाको ८ करोड ७६ लाखको प्रशासकीय भवन उद्घाटन, जग्गादाता योगमाया कार्कीको योगदानको प्रशंसा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५, हात्तीमुढामा ८ करोड ७६ लाख ४० हजार ६ सय ५३ रुपैयाँको लागतमा निर्माण गरिएको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। आफ्नै प्रशासकीय भवन सञ्चालनमा आएसँगै गाउँपालिकाको प्रशासनिक कामकाज व्यवस्थित हुनुका साथै नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नवनिर्मित भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष […]

लर्ड बुद्ध सहकारीको २४औँ साधारणसभा सम्पन्न, उत्कृष्ट बचतकर्ता र ऋणी सम्मानित

पथरी शनिश्चरे, असोज २५ गते। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारणसभा असोज २५ गते सम्पन्न भएको छ। साधारणसभाका अवसरमा संस्थाले पूर्व सञ्चालकसहित उत्कृष्ट बचत तथा ऋण कारोबारकर्ता र बाल बचतकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। संस्थाले पूर्व सञ्चालक शम्भुराज थापालाई सम्मान गरेको छ। […]

विराटनगरमा असोज २७ र २८ गते अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने

विराटनगर । प्रदेशका अधिकार कार्यान्वयनमा देखिएका बाधा हटाउन नेपालको संविधान संशोधनसहितका साझा एजेन्डा तय गर्ने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। असोज २७ र २८ गते विराटनगरस्थित बिग होटलमा हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुनेछन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा […]

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

काठमाडौँ, २५ असोज। गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेकाबेला बेपत्ता भएका हुन् । “बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे […]

बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी, २५ असोज । बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको मनाश्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन् । मनाश्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारका लागि पहल भइरहेको छ । मनाश्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका–३ जगतमा […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342