पथरीमा प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप हुँदै, विजेतालाई १ लाख ११ हजार पुरस्कार

भोजराज घिमिरे मंगलबार, मंसिर ०२, २०८३

पथरीमा प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप हुँदै, विजेतालाई १ लाख ११ हजार पुरस्कार
पथरी शनिश्चरे, कार्तिक ३०। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित कालापानीमा प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप–२०८३ आयोजना हुने भएको छ। कालापानी युनाइटेड क्लबको आयोजनामा आगामी मंसिर १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेशभित्रका आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
स्थानीय क्षेत्रमा फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को कार्यालय रहेको छ। प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उक्त पुरस्कार अस्ट्रेलियामा रहेका समाजसेवी रविन दाहालले प्रायोजन गरेका हुन्।
त्यस्तै, उपविजेता टोलीका लागि हङकङमा रहेका युवा समाजसेवी जितेन चोम्बाङले नगद पुरस्कार प्रायोजन गरेका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी तथा अन्य आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताले स्थानीय फुटबलको प्रवर्द्धनसँगै नयाँ खेल प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ। खेलकुदका माध्यमबाट आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने लक्ष्यसमेत राखिएको क्लबका अध्यक्ष शंकर बुढाथोकीले बताउनुभयो।प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शंकर बुढाथोकी, सचिव कमल अधिकारी, चौतारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टंक कन्दङ्वा तथा समाजसेवीहरू पञ्चहाङ कन्दङ्वा, कृष्ण कन्दङ्वा र पर्शुराम न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिता सफल बनाउन स्थानीयवासी, खेलप्रेमी, विभिन्न संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूलाई सहयोग, सहभागिता र सहकार्यका लागि कालापानी युनाइटेड क्लबले आग्रह गरेको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342