एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित छ विकेट

Radio Nagarik 100.4 MHz बिहिबार, कार्तिक २७, २०८३

काठमाडौँ,  कात्तिक २६ गते ।  विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आज करिअरकै सानदार बलिङ गरेका छन् । उनले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर छ विकेट लिए ।  सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिकसमेत पूरा गरे । । योसँगै उनी एनपिएलमा ह्याट्रिकसहित छ विकेट लिने पहिलो बलर बनेका छन् । एनपिएलमा समग्रमा एक खेलमा छ विकेट लिने खेलाडीमा  सन्दीप तेस्रो बलर बनेका छन् । यसअघि यो उपलब्धि काठमाडौँ गोर्खाजमा आबद्ध स्पिनर साहब आलम र विल बोसिस्टोको नाममा रहेको छ ।

गत संस्करणमा सन्दीप उत्कृष्ट बलर घोषित हुनुभएको थियो । उक्त सिजनमा उनले  नौ खेलमा १७ विकेट लिएका थिए ।

पहिलो संस्करणमा सन्दीपले सात खेलमा छ विकेट लिएका थिए ।  रासस

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342