२४ कात्तिक, काठमाडौं । सिराहा, विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर टोल बस्ने ५९ वर्षीय नागेश्वर यादवको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा करिब २० लाख ६७ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका-११ त्रिमूर्ती चोक बस्ने सुरेश प्रसाद साहले आफ्नै घरमा संचालन गरेको राज हार्डवेयर पसलमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ३२ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।