छठ पर्व अवलोकन गर्न प्रधानमन्त्री शाह जनकपुरधाम आउने, तयारी तीव्र

यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री बालेन्द्र शाह समेत जनकपुरधाम आउने तयारी भइरहेकाले गंगासागर छठ घाटलाई थप व्यवस्थित र शृंगार्ने तयारी भइरहेको छ। जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार प्रधानमन्त्री शाह जनकपुरधाम आउने तयारीमा रहेकाले गंगासागर छठ घाटको सरसफाइ, व्यवस्थापन र शृंगारलाई तीव्रता दिइएको छ। दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको […]

साइबर ब्युरोमा अजयबाबु, भने- सरकार बोल्नेहरूको मुख थुन्दै छ

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका छन्। सरकारविरुद्ध बोल्ने र लेख्नेहरूको आवाज दबाउन राज्य संयन्त्र परिचालन गरिएको आरोप लगाउँदै उनी आइतबार दिउँसो ब्युरो पुगेका हुन्। पार्टी सभापतिविरुद्ध प्रायोजित दुष्प्रचार गर्नेहरूबारे समाचार र टिप्पणी गरेपछि आफूलाई लक्षित गरी उजुरी हालिएको र चाडबाडका बेला समेत प्रहरीले तारन्तार ताकेता गरेको शिवाकोटीले बताएका […]

कसरी लिए इनम सापकोटाले राज्यसत्ताको परीक्षा ?

खासै चर्चामा नरहेका एक व्यक्तिको गिरफ्तारीले प्रधानमन्त्रीको सचिवालय, सुरक्षा निकायका उच्च अधिकारी र सर्वोच्च अदालतका न्यायाधीशसम्म जोडिएको सञ्जाल उजागर गरेको छ । सार्वजनिक संस्थाहरूलाई प्रभावित पार्ने प्रयासबारे प्रश्न उठिरहेका बेला महाभियोगको सम्भावनासँगै न्यायपालिका पनि कठघरामा परेको छ । औपचारिक पदमा नरहेका इनम सापकोटाको शक्तिशाली राजनीतिक, सुरक्षा र न्यायिक व्यक्तिहरूसँगको सम्पर्क खुलेपछि राज्यका प्रमुख संस्थाहरूको पहुँच, प्रभाव र […]

बैठकमा जान्छु भनेर निस्किएकी महिला पाँच दिनदेखि सम्पर्कविहिन

सुनसरी, कात्तिक १४ गते । सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षीया सबिना विश्वकर्मा पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । कात्तिक ९ गते बिहान अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको बैठकमा जाने भन्दै घरबाट निस्किनुभएकी उहाँ हालसम्म घर नफर्किएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । सबिनाकी आमा रिमा विश्वकर्माका अनुसार उहाँ कात्तिक ९ गते बिहान ११ बजे […]

प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की

१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् । विभिन्न सञ्चारगृहबाट पत्रकारहरू पक्राउ परेको २४ घण्टा नबित्दै उनले प्रहरीले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका हुन् । ‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव […]

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

७ कात्तिक, काठमाडौं । बडादशैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने […]

रवि-बालेनको गठजोडबारे स्वर्णिम– जनतामा ‘इलेक्ट्रिक कम्बिनेसन’ पैदा

सानातिना गल्ती हुन्छन्, सच्याएर अघि बढ्छौं ‘जनता पुरानो व्यवस्थासँग रुष्ट थिए, तर भरपर्दो विकल्प थिएन। जब बालेन शाह र रवि लामिछानेको नेतृत्वमा रास्वपा अघि बढ्यो, जनताले त्यसलाई पत्याए,’ वाग्लेले भनेका छन् । ६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा युवा पुस्ताको असन्तुष्टि र जेनजी आन्दोलनलाई अराजकतामा जान नदिई लोकतान्त्रिक विधिबाटै व्यवस्थापन गरिएको बताएका […]

सर्वोच्चको व्याख्या- नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्

भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो । ६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नोटबन्दीमा परेका नगदले कानुुनी मान्यता नपाउने भन्दै त्यस्तो नोट बरामद भएकै आधारमा कसुर स्थापित नहुने व्याख्या गरेको छ । भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा […]

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

काठमाडौँ, २५ असोज। गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेकाबेला बेपत्ता भएका हुन् । “बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342