बैठकमा जान्छु भनेर निस्किएकी महिला पाँच दिनदेखि सम्पर्कविहिन

Radio Nagarik 100.4 MHz शनिबार, कार्तिक १५, २०८३

सुनसरी, कात्तिक १४ गते । सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षीया सबिना विश्वकर्मा पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । कात्तिक ९ गते बिहान अपाङ्गता भएका व्यक्तिहरूको संस्थाको बैठकमा जाने भन्दै घरबाट निस्किनुभएकी उहाँ हालसम्म घर नफर्किएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् ।

सबिनाकी आमा रिमा विश्वकर्माका अनुसार उहाँ कात्तिक ९ गते बिहान ११ बजे बैठकमा जाने भन्दै घरबाट निस्किनुभएको थियो । घरबाट निस्कनुअघि आफू बैठकमा जाने र ढिलो हुन सक्ने बताउनुभएको परिवारले जनाएको छ ।

तर, साँझसम्म घर नफर्किएपछि आमाले मोबाइलमा सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको थियो । त्यसपछि आफन्त तथा चिनजानका व्यक्तिसँग सोधखोज गर्दा उहाँ बैठकमा नगएको जानकारी पाएपछि परिवार चिन्तित बनेको हो ।

आमा रिमा विश्वकर्माका अनुसार पछि अर्कै व्यक्तिको मोबाइलबाट सबिनाको फोन आएको थियो । फोनमा आफूलाई लिएर घरपरिवारले चिन्ता नगर्न र घरमा खबर गरिदिन भन्नुभएको थियो । त्यसपछि परिवारले उहाँ कुनै व्यक्तिसँग गएको हुन सक्ने आशङ्का गरेको छ ।

दुवै खुट्टामा समस्या रहेकाले सबिनालाई हिँडडुल गर्न कठिनाइ हुने आमाले बताउनुभयो । सामान्य अवस्थामा हिँड्न सक्ने भए पनि उकालो तथा अप्ठ्यारो बाटोमा हिँड्न अरूको सहारा आवश्यक पर्ने उहाँको भनाइ छ । छोरीको अवस्थाबारे जानकारी नपाउँदा परिवार चिन्तित बनेको उहाँले बताउनुभयो ।

सबिनाको खोजतलासका लागि परिवारले कात्तिक १३ गते इलाका प्रहरी कार्यालय धरान र चतरामा निवेदन दिएको रिमा विश्वकर्माले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार सबिनाको मोबाइल फोनको लोकेसन काठमाडौँ देखिएको छ । प्रहरीले उहाँको खोजी कार्य अघि बढाएको जनाएको छ ।

परिवारले सबिनाको अवस्था पत्ता लगाउन र उहाँलाई सुरक्षित रूपमा घर फर्काउन सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342