काठमाडौं–३ का प्रतिनिधि बदर गर्न माग गर्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी

 असोज १५ , काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं–३ को प्रतिनिधि छनोट सर्वसम्मत गरिएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । प्रतिनिधि छनोट निर्वाचन मार्फत टुंगाउनुपर्ने माग सहित बिहीबार उजुरी परेको हो । निर्वाचन अधिकृतलाई कब्जामा पारेर सहमतिका नाममा निर्वाचन नगरिएको उजुरीमा उल्लेख छ । पार्टी प्यालेसमा मध्यरातमा सर्वसम्मत भन्दै प्रतिनिधि छानिएको भन्दै बदरको माग गरिएको […]

अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा जलवायु परिवर्तनको त्रासबीच विद्यार्थीको सिर्जना : चित्र र कविताबाट दिए संरक्षणको सन्देश विराटनगरमा विद्यार्थीको अनौठो अभियानः

विराटनगर । जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा विद्यार्थीमा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा सञ्चालन गरिएको सात दिने कार्यक्रम सम्पन्न भएको छ। विराटनगर–८ हाटखोलास्थित श्री सुशिक्षा माध्यमिक विद्यालयमा अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा सञ्चालन गरिएको जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम एक समारोहबीच सम्पन्न भएको हो। विद्यार्थीलाई जलवायु परिवर्तनका […]

२५ वर्षे यात्राको दस्तावेज ‘हरियालीका पाइला’ सार्वजनिक हरियाली सामुदायिक वनको २१औँ साधारणसभा सम्पन्न

पथरी शनिश्चरे समाचारदाता, असोज १५ मोरङको पथरी शनिश्चरेस्थित हरियाली सामुदायिक वनले आफ्नो २५ वर्षे संरक्षण यात्रालाई समेटेर तयार पारिएको पुस्तक ‘हरियालीका पाइला’ सार्वजनिक गरेको छ। २५० दशमलव ४५ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनले २१औँ वार्षिक साधारणसभाको अवसरमा पुस्तक विमोचन गरेको हो। सामाजिक विकासमन्त्री गीता तिम्सिनाले पुस्तक विमोचन गर्नुभयो। पुस्तकमा सामुदायिक वन स्थापनादेखि हालसम्मका संरक्षण गतिविधि, […]

तास खेलिरहेको समूहमा प्रहरीको छापा, भाग्ने क्रममा एक घाइते; हिरासतमै एकको मृत्यु

तास खेलिरहेको समूहमा प्रहरीको छापा, भाग्ने क्रममा एक घाइते; हिरासतमै एकको मृत्यु विराटनगर । विराटनगरमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका एक व्यक्तिको प्रहरी हिरासतमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीबाट उम्किने क्रममा घरको दुई तलामाथिबाट हामफालेका अर्का व्यक्ति घाइते भएका छन्। मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला रहेका छन्। घाइते […]

१५ विद्यालयका विद्यार्थीलाई पछि पार्दै एभरेस्ट सेकेण्डरी स्कुलका का एरिन जङ्ग थापा वक्तृत्वकलामा प्रथम

विराटनगर । विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा विराटनगरस्थित एभरेस्ट सेकेण्डरी स्कुलका विद्यार्थी एरिन जङ्ग थापा प्रथम भएका छन्। विद्यार्थीमा वक्तृत्वकला, नेतृत्व क्षमता तथा सिर्जनात्मक अभिव्यक्तिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगरका विभिन्न १५ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए। ‘सहभागी बनौँ, रूपान्तरण हुँदै अगाडि बढौँ, उत्कृष्टता हासिल गरौँ’ भन्ने विषयमा आयोजित प्रतियोगितामा […]

चोलेन्द्रलाई जेनजीबाट होइन, अपरिचित समूहबाट थ्रेट आएको थियो : सरकार प्रवक्ता

१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजीबाट नभइ कुनै अपरिचित समूहबाट थ्रेट आएको स्पष्टीकरण दिएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् । उनका अनुसार, पूर्व प्रधानन्यायाधीश जबरालाई कुनै अपरिचित समूहबाट फोनमा टेक्समार्फत थ्रेट आएको थियो । उक्त थ्रेट आएपछि सरकारले उनलाई सुरक्षित ठाउँमा […]

सचिवमा बढुवा भए कर्माचार्य र कर्ण

१३ असोज, काठमाडौं । सरकारले प्रशासन र प्राविधिक तर्फका दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठककले सहसचिवहरू आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, नेपाल प्रशासन सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा भएकी कर्णलाई […]

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

भारतमा एक दुर्लभ र असामान्य चिकित्सकीय घटना सार्वजनिक भएको छ । अस्पतालमा जाँचका लागि पुगेका २६ वर्षीय पुरुषको पेटभित्र पाठेघर र डिम्बबाहिनी नली फेला परेको हो । साथै उनका अण्डकोषहरू असमान्य अवस्थामा रहेको भेटियो । बिहे गरेको लामो समयसम्म पनि बच्चा नभएछि ती पुरुष स्वास्थ्य जाँचका लागि श्रीमतीलाई लिएर दिल्लीको राजौरी गार्डेनस्थित ‘आरजी अस्पताल’ पुगेका […]

पथरीमा फुटबलको रणमैदान तयार, राष्ट्रिय खेलाडीसहित भारतीय टोली भिड्दै

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरेमा फुटबलको माहोल तात्ने भएको छ। राष्ट्रियस्तरका चर्चित खेलाडी, ए डिभिजन क्लब र भारतको टोलीको जमघटसँगै असोज १७ गतेदेखि पथरी रंगशालामा तेस्रो पथरीशनिश्चरे गोल्डकप–२०८३ सुरु हुँदैछ। पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा सलहेस फुटबल क्लब, न्युरोड फुटबल टिम, नेपाल पुलिस क्लब, भारत पश्चिम बंगालको युकेएफसी, झापा–११, रेड हर्ष इलाम, पथरी–११ र […]

मोरङ–६ को सभापतिमा चुमनारायण तवदारको उम्मेदवारी, ‘गुट होइन, सबैको साझा सभापति बन्छु’

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय सभापति पदका उम्मेदवार चुमनारायण तवदारले आफू कुनै गुटको सभापति नभई सबैको साझा सभापति बन्ने प्रतिबद्धता जनाएका छन्। क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गर्दै तवदारले आफ्नो उम्मेदवारी पद वा प्रतिष्ठाका लागि मात्र नभई पार्टी संगठनलाई बलियो बनाउने, आन्तरिक एकता सुदृढ गर्ने र कांग्रेसलाई जनतासँग अझ नजिक […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342