सरकारले मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताए। मधेस प्रदेशबाट प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका […]
अमेरिकाले रूस-युक्रेन युद्धलाई आगामी हिउँदमा मत्थर पार्न र बृहत् शान्ति सम्झौताका लागि पुनः वार्ता सुरू गर्न खोजेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरले युद्ध अन्त्य गर्ने विषयमा पहिले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग र पछि जेलेन्स्कीसँग कुरा गरेका थिए। त्यसबारे अमेरिकी अनलाइन एक्सियससँग कुरा […]
विराटनगर । कोशी प्रदेशका सत्ता सहयात्री दलहरू; नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले निर्माण गरेको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेको छ । कार्यदलका तर्फबाट नेकपा संसदीय दलका नेतासमेत रहेका इन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री कार्कीलाई साझा कार्यक्रम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुखमार्फत संसद्बाट पारित भइसकेको ‘आर्थिक […]
काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रका सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । सडक विभागका अनुसार धादिङ, नुवाकोट र रसुवामा करिब ५५ किलोमिटर सडक र ३५ वटा पुल पूर्ण रूपमा क्षति भएका छन्, जुन क्षति ३० अर्ब बराबर भएको प्रारम्भिक अनुमान छ । सरकारले अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक […]
नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो । आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख थियो […]
पछिल्लो समय देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि सरकारले गुनासो सुनुवाइ र बजार अनुगमनमा सक्रियता बढाएको छ । ग्यास नपाएर उपभोक्ताहरू घण्टौंसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कालोबजारी र कृत्रिम अभावबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै बजारमा ग्यास पाउन […]
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता सम्बन्धि निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको […]
सञ्चारकर्मी सञ्चार सहकारीको १४औं साधारणसभा सम्पन्न उत्कृष्ट विद्यार्थीदेखि अग्रज सदस्यसम्म सम्मान — सहकारी नाफामा, ९ प्रतिशत बोनस वितरण विराटनगर। काेशी प्रदेशका पत्रकारहरूले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा शुक्रबार विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरे रहेका थिए। साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट विद्यार्थी, विद्यावारिधि (PhD) […]
हाम्रो फाउन्डेसनद्वारा पथरी शनिश्चरे–१ वडा कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण, असोज २६ गते मोरङको पथरी शनिश्चरे–१ स्थित वडा कार्यालयलाई सञ्चालनमा सहजता ल्याउनका लागि हाम्रो फाउन्डेशन, पथरी शनिश्चरेले आवश्यक फर्निचर तथा सामग्री हस्तान्तरण गरेको छ। शनिबार एक संक्षिप्त कार्यक्रमबीच नेपालकी प्रथम शंकराचार्य हेमानन्द गिरीको प्रमुख आतिथ्यतामा सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपस्थित रहँदै शंकराचार्य गिरीले हालैको “जिन्जी” […]
महिला उद्यमी महासंघ कोशी प्रदेशमा कृति श्रेष्ठ उपाध्यायको नेतृत्वमा नयाँ समिति विराटनगर, भदौ २५ – महिला उद्यमी महासंघ कोशी प्रदेशमा कृति श्रेष्ठ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। सोमबार विराटनगरमा आयोजित महिला उद्यमी भेलामा महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको उपस्थितिमा समिति गठन गरिएको हो। समितिमा उपाध्यक्षमा सुशीला सापकोटा, सचिवमा सपना रिजाल, कोषाध्यक्षमा […]