आठ वर्षमा पनि बनेन मार्तडी–कोल्टी सडक

Radio Nagarik 100.4 MHz शनिबार, कार्तिक २२, २०८३

बाजुरा, कात्तिक  २१ गते । बाजुराको मार्तडी–कोल्टी सडक निर्माण कार्य सुस्त गतिमा छ । २०७६ सालदेखि निर्माणको काम सुरु गरिएको सो सडक अहिले आठ वर्ष हुँदासम्म पनि अझै काम सम्पन्न हुन सकेको छैन ।

निर्माणको जिम्मा लिएको कम्पनीको लापरवाहीका कारण सडक निर्माणमा ढिलाई भएपछि अहिले जिल्लाको पूर्वी उत्तर क्षेत्रका स्थानीयवासीलाई कोल्टीदेखि मार्तडी आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको छ ।

२०७८ साल असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङकर प्रालि काठमाडौँ, बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडा र पिएस बानियाँ जेभीले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।

मार्तडीको बसपार्कदेखि चुथीसम्मको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कनेको करिब ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जेबि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।

यता मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक पक्की गर्ने काम सम्पन्न भएपनि उता ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडकमा भने अझै काम हुन सकेको छैन ।

मार्तडीदेखि कोल्टीसम्मको ४२ किलोमिटर सडक कालोपत्रे गर्न ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिइसकेको भौतिक पुर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।

लामो समयदेखि सडक निर्माण नहुँदा जिल्लामा उत्पादन भएका स्याउ सुन्तला कागती लगायतका फलफुल तथा तरकारी समयमै बजारसम्म लान समेत समस्या हुने गरेकोे बुढीनन्दा नगरपालिका स्थानीय रामबहादुर रोकायाले बताउनुभयो ।

यता लामो समयदेखि काम रोकिएको सो कम्पनीले यति बेला फेरि काम सुरु गर्नेगरी अहिले मेसिन मर्मत कार्य भइरहेको जनाएको छ ।

मार्तडी –कोल्टी सडक निर्माण कार्यको जिम्मा लिएको बाँनिया कोटेश्वर जेबि प्रालि हेटौडाले अहिले फेरि आफैले सडक निर्माणको काम सुरु गरेको भौतिक पर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्बहादुर थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हामीले पनि यो वर्षको कात्तिकदेखि माघसम्ममा काम गर्छ या गर्दैन प्रतिाक्षा गर्छौ । यदी त्यो समयमा पनि उसले काम गर्न सकेन भने त्यसपछि हामी उसको ठेक्का तोड्ने तयारीमा छौ । ”

अहिले पनि एक महिना अघि नै उसबाट १८ करोड पेश्कीसमेत फिर्ता लिएर सो रकम राजस्व खातामा जम्मा गरिसकेको प्रमुख थापाले बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342