सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारलाई कुनै व्यक्ति हटाउ वा राख भनेर कुनै निर्देशन दिएको बताएका छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइजीपी दानबहादुर कार्कीलाई पार्टीको निर्देशन अनुसार पनि जिम्मेवारी फेरिएको बताएका थिए ।
१८ कात्तिक, काठमाडौं । रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र हस्तक्षेप नगरेको बताएका छन् ।
नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएकोबारे मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनअनुसार कार्कीलाई हटाउने निर्णय भएको बताएका थिए।
तर पार्टी प्रवक्ता जगदीश खरेलले अनलाइनखबरसँग कुरा गर्दै पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र कुनै व्यक्ति राख वा हटाऊ भन्ने काम पनि नगर्ने बताएका हुन्।
आजको मन्त्रिपरिषद् बैठकले आईजीपी कार्कीलाई हटाउँदै एआईजी मनोज कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको हो।