नेपालगञ्ज पौडी प्रतियोगितामा एभरेस्ट स्कुल विराटनगरका विद्यार्थीको शानदार सफलता, ६ पदक जित्न सफल

भोजराज घिमिरे बुधबार, कार्तिक १९, २०८३

नेपालगञ्ज पौडी प्रतियोगितामा एभरेस्ट स्कुल विराटनगरका विद्यार्थीको शानदार सफलता, ६ पदक जित्न सफ
विराटनगर । नेपालगञ्जमा सम्पन्न ‘नबिल बैंक तेस्रो नेपालगञ्ज अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता’ मा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी एभरेस्ट सेकेण्डरी स्कुल विराटनगरका विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेका छन्।
प्रतियोगितामा विद्यालयका दुई विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै कुल ६ पदक जित्न सफल भएका हुन्।
नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगञ्ज स्वीमिङ क्लबले आयोजना गरेको प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत पुरव तिम्सिना र आरध्या पाण्डेले उत्कृष्ट प्रदर्शन गरेका थिए।
प्रतियोगितामा पुरव तिम्सिनाले १०० मिटर र ५० मिटर ब्रेस्टस्ट्रोक विधामा दोस्रो स्थान हासिल गर्दै दुई रजत पदक जितेका छन्। त्यसैगरी, आरध्या पाण्डेले १०० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टाइल विधामा तेस्रो स्थान हासिल गर्दै चार कास्य पदक जितेकी छन्।
प्रतियोगितामा नेपालका सातवटै प्रदेशका साथै भारतको नयाँदिल्ली र लखनऊलगायत विभिन्न स्थानबाट करिब १५० खेलाडीको सहभागिता रहेको थियो।
विद्यार्थीहरूको मेहनत, अनुशासन र दृढ संकल्पले विद्यालय परिवारलाई गौरवान्वित बनाएको विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले बताए। उनीहरूको सफलताले विद्यालयको खेलकुद क्षेत्रको पहिचान थप उँचो बनाउनुका साथै अन्य विद्यार्थीलाई पनि पौडी खेलमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे।
प्रतियोगितामा विद्यार्थीहरूले हासिल गरेको यस सफलताले एभरेस्ट सेकेण्डरी स्कुल विराटनगरको खेलकुद क्षेत्रमा उत्कृष्ट पहिचान स्थापित गर्न थप योगदान पुर्‍याएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342