सर्वोच्चको व्याख्या- नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्

Radio Nagarik 100.4 MHz शुक्रबार, कार्तिक ०७, २०८३

भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो ।

६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नोटबन्दीमा परेका नगदले कानुुनी मान्यता नपाउने भन्दै त्यस्तो नोट बरामद भएकै आधारमा कसुर स्थापित नहुने व्याख्या गरेको छ ।

भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको आदेश उल्ट्याउँदै बरामद भएको रकममात्रै जफत हुने आदेश गरेको हो ।

नोटबन्दीको भारु बरामद भएपछि…

१ साउन, २०७५ मा रुपन्देहीको सिद्धार्थनगर–१३ स्थित ह्वाइट लोटस होटलमा प्रहरीले छापा मार्दा दुधनाथ योगी, गणेश थापा, हेमराज कठरिया र राजु बुढाथोकीसहित अनि ५३ लाख रुपैयाँको भारतीय नोट बरामद भयो ।

अवैध रूपमा भारतीय नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो ।

उनीहरूमाथि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार मुद्दा चल्यो । उनीहरूमाथि बिगो, त्यसको तीन गुणासम्म जरिवाना होस् भन्ने मागदावी सहित जिल्ला अदालत रुपन्देहीमा अभियोगपत्र पेश भयो ।

जिल्ला अदालतले उनीहरूलाई दोषी ठहर गर्दै कसुर निर्धारणका लागि पेश गर्न आदेश दियो । जिल्ला अदालतले भन्यो कि भारतीय सरकारले चलनचल्तीबाट हटाएका (नोटबन्दी लगाएको) रकम कारोबार गरेकाले गलत भयो भन्यो । उच्च अदालतको बुटवल इजलासले पनि जिल्ला अदालतकै फैसला सदर गर्‍यो ।

त्यो मुद्दामा सर्वोच्च अदालतले भारतले चलनचल्तीबाट हटाएका ५ सय र हजारका नोटहरू विदेशी मुद्रा, विदेशी विनिमय र विदेशी कारोवार भित्र पर्छन् कि पर्दैनन् भन्ने प्रश्नलाई मुख्य रूपमा हेरेको थियो ।

सर्वोच्च अदालतले भने कुनैपनि कागजी नोट मुद्रा हुनका लागि त्यो चलनचल्तीमा रहेको हुनुपर्ने व्याख्या गरेको हो । विदेशी मुद्रा हुन नेपाल बाहेक सम्बन्धित मुलुकमा त्यो मुद्रा चलनचल्तीको हुनुपर्छ । सर्वोच्च अदालतले फैसलाको पूर्णपाठमा भनेको छ, ‘चलनचल्तीमा नरहेको नोट विदेशी मुद्राको परिभाषामा पर्दैन ।’

सर्वोच्चको व्याख्या अनुसार, कुन कागजले मुद्राको कानूनी हैसियत पाउने भन्न सम्बन्धित मुलुकको कानुनबाट निर्धारण गरिएको हुनुपर्नेछ । नोटको मूल्य कागजमा होइन, निष्काशनकर्ता मुलुकको त्यसलाई भुक्तानीको माध्यम मानेर वैधता दिएपछि सुरु हुने व्याख्या गरेको हो ।

‘राज्यले सो मान्यता फिर्ता लिएपछि त्यो नोटले विनिमयको माध्यम, मूल्यको मापन र मूल्य सञ्चयको साधन भन्ने मुद्राका तीनवटै चरित्र गुमाउँछ र त्यसको कुनै विनिमय दर रहँदैन,’ सर्वोच्चले फैसलाको पूर्णपाठमा भनेको छ, ‘भारत सरकार तथा भारतीय रिजर्भ बैङ्कले ती नोटहरूलाई चलनचल्तीबाट हटाएको देखिन्छ । बरामद नोटहरू बरामद हुनुभन्दा डेढ वर्षभन्दा पहिला नै आफ्नै मुलुकमा मुद्राको हैसियतबाट बाहिरिइसकेका थिए ।’

न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले बरामद भएका नोटहरूलाई चलनचल्तीका बैंक नोट मान्न नसकिने निष्कर्ष निकालेको हो । अनि ‘विदेशी विनिमय नै नभएको वस्तुको लेनदेनलाई विदेशी विनिमय कारोबार हुन सक्दैन’ भनी निष्कर्ष निकालेको हो ।

सर्वोचच अदालतले फैसलाको पूर्णपाठमा भनेको छ, ‘यस्ता नोट बरामद भएको आधारमा मात्र प्रतिवादीहरूले विदेशी विनिमय ऐनको दफा ३, ४ र ५ तथा नेपाल राष्ट्र बैङ्कको उल्लेखित परिपत्रको कसुर भित्र पर्ने देखिँदैन ।’

१४ साउन, २०८३ मा भएको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले केही दिनअघि सार्वजनिक गरेको हो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342