पथरी शनिश्चरेमा ‘सिर्जना मझेरी’ : कविता, गीत, गजल र मुक्तकले गुञ्जियो साहित्यिक माहोल

भोजराज घिमिरे आइतबार, कार्तिक ०२, २०८३

पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे नगरपालिका–१, रत्नचोकस्थित मनोहर होटलमा कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा ‘सिर्जना मझेरी’ साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी साहित्यकारहरूले कविता, गीत, गजल र मुक्तक प्रस्तुत गर्दै साहित्यिक माहोललाई सिर्जनामय बनाएका थिए।
पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकारहरूले आफ्ना रचनामार्फत समाज, प्रकृति, मानवीय संवेदना र समसामयिक विषयलाई उजागर गरेका थिए।
कार्यक्रममा नगरप्रमुख तुम्वापोले नगरभित्र साहित्य, कला र संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय साहित्यिक गतिविधिले भाषा, संस्कृति र सिर्जनशीलताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
त्यसैगरी, साहित्यकार आचार्य प्रभाले प्राकृतिक विपद्का कारण देश प्रभावित भइरहेको सन्दर्भ उल्लेख गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो।
साहित्यिक प्रस्तुतिका क्रममा इटहरी, बेलबारी, लेटाङ, पथरी र उर्लाबारीलगायत विभिन्न स्थानबाट सहभागी साहित्यकारहरूले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए। अग्रज साहित्यकार केशव आचार्य, रोहित पराई, रविन भट्टराई, गणेश वाच्छना राई, अमीर राई, सुमन राई, लक्ष्मीप्रसाद फुयाल, विद्रोही कान्छा, भूमिप्रसाद पाठक, सूर्यप्रसाद रिमाल, कोपिला आचार्य रिमाल, भोजकुमार राई र दीपक दियालोलगायतले कविता, गीत, गजल तथा मुक्तकमार्फत उपस्थित दर्शक र साहित्यप्रेमीलाई मन्त्रमुग्ध बनाएका थिए।
साहित्यकारहरूबीच सिर्जनाको आदानप्रदान, नयाँ प्रतिभाको पहिचान तथा भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सिर्जना मझेरी’ कार्यक्रमले पथरी शनिश्चरे क्षेत्रको साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
कला साहित्य प्रवर्द्धन समितिका अध्यक्ष अमीर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन तथा सञ्चालन साहित्यकार भूपेन्द्र तिम्सिनाले गर्नुभएको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342