त्रिदेशीय कप जित्ने खेलाडीलाई चार चार लाख रुपियाँ पुरस्कार दिइने

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख १५, २०७८

मन्त्रिपरिषद्ले थ्री नेशन्स कप फुटबल प्रतियोगिता जित्ने टोलीका प्रत्येक सदस्यलाई चार चार लाख रुपियाँबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त पुरस्कार प्रोत्साहन स्वरुप प्रदान गरिनेछ ।
मन्त्रिपरिषद्को निर्णय सार्बजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिनुभयो । प्रवक्ता गुरुङले प्रतियोगिता खेल्न छनोट भएको २३ सदस्यीय टोलीका साथै प्रशिक्षकलाई समेत प्रोत्साहनस्वरुप पुरस्कृत गरिनेछ । “तीन जना प्रशिक्षकलाई दुई दुई लाख रुपियाँ तथा २३ जना खेलाडीलाई चार चार लाख रुपियाँ प्रोत्साहन बापत् प्रदान गरिनेछ ” – प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
गत् महिना बङ्गलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
प्राविधिक/न्यूज डेक्स :  डुमरलाल मेहता

प्राविधिक:                      रुचि साह

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418