खाणको गृहनगरमा भ्रष्टाचारबिरुद्ध प्रदर्शन

Radio Nagarik 100.4 MHz शनिबार, बैशाख ३०, २०८०

रुपन्देही। भ्रष्टाचारबिरुद्ध देशका विभिन्न ठाउँमा युवाहरुले प्रदर्शन गरिहेका बेला रुपन्देहीको तिलोत्तमामा पनि भ्रष्टाचारबिरुद्ध शनिबार युवाहरुले प्रदर्शन गरेका छन् । देशमा भ्रष्टाचारका घटना बढेको र नियन्त्रण गर्नुपर्ने माग गर्दै युवाहरुले दवाब सिर्जना गर्न प्रदर्शन गरेका हुन् ।

पूर्व गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको तिलोत्तमा नगरपालिका गृहनगर हो । पूर्व गृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा हुनुहुन्छ । कुनै संगठनको अयोजना नभई स्वतन्त्र रुपमा भ्रष्टाचारबिद्ध प्रदर्शन गरिएको सहभागी युवक बिजय पाण्डेले बताउनुभयो ।

तिलोत्तमाको मणिग्राम चोकमा आयोजित विरोध कार्यक्रममा युवाहरुले ‘राजनीतिक भ्रष्टाचारविरुद्ध एकजुट हौं’, ‘राजनीतिक भ्रष्टाचार देशको शत्रु हो’, ‘राजनीतिक संरक्षणमा भ्रष्टाचारीले उन्मुक्ति नपाउन्’ सरकारले खुट्टा कमाए खबरदार’ जस्ता नारा लेखिएका प्लेकार्डसहित युवाहरुले प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!