कच्चा पेट्रोलियम पदार्थको मूूल्य बिस प्रतिशत घट्यो

Radio Nagarik 100.4 MHz शुक्रबार, बैशाख २९, २०८०

काठमाडौँ,। अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ ९क्रुड आयल ब्रेन्ड० को मूूल्य २०।३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूूल्य २० प्रतिशत घटेको हो । अन्तर्राष्ट्रिय बजारमा २०७८ चैत मसान्तसम्म प्रतिब्यारल १०८।४९ अमेरिकी डलर रहेकामा २०७९ चैतमा घटेर ८६।५१ अमेरिकी डलरमा झरेको हो ।

रुस–युक्रेनको युुद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको थियो । रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली सङ्घका मुलुकले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य एक्कासि बढेको थियो ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा त्यसको असर नेपालमा समेत परेको थियो । गत असोजदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रूपमा घट्दै गएको छ । पछिल्लो समय तेलको उत्पादन बढ्दै गएपछि मूूल्यमा गिरावट हुुँदै आएको हो ।

कच्चा तेलको मूल्यबारे जानकारी राख्ने आयल प्राइस डटकमका अनुसार बुुधबार अन्तर्राष्ट्रिय बजारमा बे्रन्ड क्रुड आयलको मूूल्य घटेर प्रतिब्यारेल ७६।६९ अमेरिकी डलरमा झरेको छ । एक महिनाको अवधिमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएको छ ।कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पाछ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन ९आइओसी० बाट तेल खरिद गर्दै आएको छ । आइओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्य अनुसार नेपाललाई रिफाइन तेल प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोही मूल्यका आधारमा निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गरेको छ ।

गत असोजदेखि नै मूल्य घट्दै गए पनि निगमले भने न्यून मात्र मूल्य घटाएको छ । मूल्य बढेर आउँदा तत्काल बढाउने र घट्दा सो अनुुपात नघटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गर्छन् । खाना पकाउने एलपी ग्यासबाहेक अन्य सबै पेट्रोलियम पदार्थमा नाफा भए पनि तेल खरिद गरेबापतको इन्डियन आयल कर्पोरेसन ९आइओसी० लाई भुक्तानी तिर्न बाँकी रहेको भन्दै निगमले मूूल्य घटाएको छ ।

गत चैत २० मा प्रधानमन्त्रीको निर्देशनमा डिजेल, मट्टीतेलमा प्रतिलिटर १० रुपियाँ, हवाई इन्धन प्रतिलिटर १० रुपियाँ र पेट्रोल प्रतिलिटरमा तीन रुपियाँ मूल्य घटाएको थियो । त्यपछि वैशाख १८ गते आइओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा र डिजेल प्रतिलिटरमा चार रुपियाँ ११ पैसा मूूल्य घटेर आएको थियो तर निगमले भने स्थानीय बजारमा मूूल्य घटाएन ।हाल बजारमा पेट्रोल प्रतिलिटर १७५ रुपियाँ, डिजेल, मट्टीतेल १६५ रुपियाँ, हवाई इन्धन प्रतिलिटर १६० रुपियाँ र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!