अन्तर स्कूल महिला त्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द्र र जहदा

Radio Nagarik 100.4 MHz आइतबार, फाल्गुण २१, २०७९

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द स्कूल र लक्ष्मी स्कूल जहदा प्रवेश गरेको छ ।नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर– ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको खेलमा विजयी हुँदै महेन्द्र स्कूल र लक्ष्मी स्कूल फाइनलमा प्रवेश गरेको हो ।पहिलो खेलमा बालिका स्कूलले सत्यनारायण स्कूललाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ११ ओभरमा ८ विकेट गुमाई ६३ रनको बनाएको थियो । जस्मा आर्कती चौधरीले सर्वाधिक ९ रनको योगदान दिइन् । बालिकाकी वुमन अफ द म्याच पिंकी राजवंशीले ३ विकेट लिँदा रचना उराँवले २ विकेट लिइन् ।६४ रनको विजयी लक्ष्य पछ्याएको बालिकाले ७ दशमलव २ बलमा १ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । जस्मा मुस्कान ठाकुरले नटआउट १५ रनको योगदान दिएकी थिइन् । सत्यनारायणकी आकृती चौधरीले १ विकेट लिइन् ।दोस्रो खेलमा जहदाको लक्ष्मी स्कूलले विराटनगरमा सरस्वती स्कूललाई ६ विकेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । लक्ष्मीले लगातार दुई खेलमा विजयी हुँदै समुह ए को टप भएर फाइनलको यात्रा तय गरेको हो । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १५ ओभरमा ३ विकेट गुमाई ९२ रन बनाएको थियो । जस्मा पूर्णीमा राजवंशीले २१ रन बनाउँदा प्रतिभा मण्डलले १२ रन बनाइन् । लक्ष्मीकी वेदिका राजवंशी २ विकेट लिइन् । ९३ रनको लक्ष्य पछ्याएको लक्षीले १३ दशमलव ४ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा वुमेन अफ द म्याच सृजना राजवंशीले २८ रन जोड्दा फुलकुमारी राजवंशीले १६ रनको जोडीन । सरस्वतीकी मुस्कान भगतले २ विकेट लिइन् । तेस्रो खेलमा महेन्द्र स्कूल र सत्यनारायण स्कूल विचको खेल टाइ भएको छ भएपछि महेन्द्रले ३ खेलमा १ मा जित र १ मा टाइ भएपछि ३ अंककासाथ फाइनलमा प्रवेश गरेको हो । टस हारेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १५ ओभरमा ४ विकेट गुमाई ९७ रन बनाएको छ । जस्मा वुमेन अफ द म्याच अम्विका राजवंशी ले १९ रन बनाउँदा मनिका राजवंशीले १३ रन र रविना राजवंशीले १० योगदान दिइन् । सत्यनारायणकी दिक्षा परियार र दिपिका साहले २–२ विकेट लिइन् । ९८ रनको विजयी लक्ष्य पाएको सत्यनारायले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा ९७ बनाए पछि खेल टाइ भएको हो । जस्मा खुश्वू रामले सर्वाधिक १६ रनको योगदान दिइन् । महेन्द्रकी रविना राजवंशी, भुमिका राजवंशी, मनिका राजवंशी र स्नेहा सहनीले १–१ विकेट लिइन् ।तीन दिनसम्म संचालन हुने प्रतियोगितामा विराटनगर र मोरङको जहदा गाउँपालिका भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका महिला खेलाडीहरुको सहभागि रहेको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ जानकारी दिए ।प्रथम विराटनगर हव अन्तर स्कूल महिला त्रिकेट प्रतियोगिताको प्रवद्र्धन विराटनगर महानगरपालिकाले गर्नेछ ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!