गल्र्स ह्विल्स प्रतियोगिता हुने

Radio Nagarik 100.4 MHz आइतबार, फाल्गुण २१, २०७९

विराटनगर ।अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विराटनगरमा महिला लक्षित प्याडिलक्स गल्र्स ह्विल्स प्रतियोगिता हुने भएको छ ।
राउन्ड टेबल नेपाल अन्तर्गतको विराटनगर प्राईम राउन्ड टेबल १०ले मार्च ११ तारिक अर्थात फागुन २४ गते प्याडिलक्स गल्र्स ह्विल्स प्रतियोगिता गर्न लागेको हो ।
विराटनगरमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले प्याडिलक्स गल्र्स ह्विल्स प्रतियोगितामा एक सय स्कुटर सहभागी हुने जनाएको छ । आयोजकका अनुसार प्रत्येक स्कुटरमा २ जना महिला सवार रहने विराटनगर प्राईम राउन्ड टेबल १० का अध्यक्ष राधव राठीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुन एक हजार ५ सय दर्ता शुल्क लाग्ने छ । प्रतियोगीहरुले १० ओटा स्थानमा पुगि दिएका संकेतका आधारमा पुरा गरिएको टास्कका आधारमा नम्बर पाउने बताईएको छ । प्रतियोगिताका सहसंयोजक अमित राठीका अनुसार टाक्सका आधारा पाएको नम्बरका आधारमा प्रतियोगिहरुलाई विजेता घोषणा गरिने छ। प्रतियोगिता प्रथम हुनेले लोण्डको एक टनको एसी , दोस्रो हुनेले लोयडको बासिङ्ग मेसिन र तेश्रो हुनेले हेभल्सको जुसर ग्राइन्डर पुरस्कार दिने छ ।
प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय कालाकारहरुको सहभागीता रहने छ । विराटनगर संगै सो प्रतियोगिता बुटवल, विरगन्ज , र काठमाण्डौं समेत हुन बताइएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!