घुस सहित इन्जिनियर मेहता पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहतालाई २० हजार घुस सहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार घर नक्सा पासको लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा मेहतालाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर […]

घरमै यौनधन्दा चलाएको आरोपमा घरपेटि सहित तीन जनालाई पक्राउ

विराटनगर । सुनसरीको इनरुवा ७ स्थित एक घरमै यौनधन्दा चलाएको आरोपमा दुहबी प्रहरीले तीन जनालाई पक्राउ गरेका छन । सुनसरीको ईनरुवा ७ स्थित दुहबी ईनरुवा सडक खण्ड छेउको जमुवा चौकको एक घरमा मदिरा पसलको आडमा केही बर्षदेखि यौनधन्दा संचालन गर्दै आएको जनगुनासोको आधारमा वर्ष ४९ कि घरवेटि उषा चौधरी लगायत ३ जना लाई शनिबार दिउँसो […]

बीमाको रकम हात पार्न आफ्नै श्रीमानको हत्या

विराटनगर । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलमा एक महिलाले बीमाको रकम हात पार्न आफ्नै श्रीमानको हत्या गरेको खुलेको छ । ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार पत्रकार सम्मेलन गर्दै सो घटनाबारे खुलाएको हो । स्थानीय कोशिलादेवी दासले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको ईलाका प्रहरी […]

मतपरिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाइने

काठमाडौं ःबिहिवार (हिजो) सम्पन भएको राष्ट्रपति निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले बुझाउने भएको छ। शुक्रवार (आज) निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी भएको मतपरिणाम सहित राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मतपरिणाम बुझाउने भएको हो । पौडेलले एमालेबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका छन्।निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार पौडेलले ३३ हजार […]

गुञ्जिन थाले होलीका गितहरू

विराटनगर : फागु पुर्णिमा नजिकिदै जाँदा अहिले पुर्वी तराईका गाउँहरूमा होलीका गितहरू गुञ्जिन थालेका छन् । गाँउ टोलमा हुने सामान्य किर्तन होस वा अन्य कुनै सांस्कृतिक कार्यक्रम अहिले होलीका गितले स्थान पाउन थालेका छन । गाउँ घरमा डेक साउण्ड बक्स सुन्नेहरूले पनि होलीको गितलाई पहिलो रोज्ने गरेका छन् । यसका अतिरिक्त पुर्वी तराईमा रहेका बिभिन्न […]

देवानगंजमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद सुरु

विराटनगर । सुनसरीको देवानगंजमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बिहिबार सुरु भएको खेलकुद प्रतियोगिता गाउँपालिका अध्यक्ष बेचन प्रासद मेहताले उद्घाटन गरेको हो । प्रतियोगिता देवानगंज गाउँपालिका वडा नम्बर १ को जनता माध्यमिक विद्यालयमाको खेल मैदानमा सुरु भएको हो । राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरूको सहभागी […]

प्रदेश १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो । तर यता […]

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएको छ । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेको छ । झापा क्षेत्र नम्बर ५(९)१० बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन […]

भोलीदेखि बर्जु महोत्सव सुरु

सुनसरी । सुनसरीर्को बर्जु गाउँपालिका–६ चिमडी बर्जु तालमा बर्जु महोत्सवको तयारी भएको छ । स्थानीयस्तरमा पर्यटक प्रवर्धन गर्ने र स्थानीय उत्पादनको पर्दशन तथा मनोरन्जनात्मक कार्यक्रम सहित बर्जु महोत्सवको तयारी भएको हो । बर्जु–६ चिमडीस्थित बर्जु तालको परिसरमा पुस २२ गतेदेखि सुरु हुने बर्जु महोत्सव माघ ३ गतेसम्म सञ्चालन हुने आयोजक बर्जु सामुदायिक विकास केन्द्रको श्रवन […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!