
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको परिस्थितिलाई ध्यानमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । उहाँले राजनीतिक समीकरण बदलिएकोतर्फ संकेत गर्दै अब तयार हुने नयाँ ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्नुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने हुनुभएको हो । जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिवालयले जनाएको छ । त्यस्तै, नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बुधबार साँझा पौने […]
काठमाडौं । नवनियुक्त मन्त्रीको शपथ बुधबार साँझ पौने ६ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ। राष्ट्रपति कार्यालयले बुधबार साँझ पौने ६ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीको पद तथा गोपनीयताको शपथ समारोहमा उपस्थितिका लागि अनुरोध गरेको छ। प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र) बाट उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमा […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण तथा मर्मतमा एउटै कम्पनीलाई पटक–पटक विना प्रतिस्पर्धा काम नदिन निर्देशन दिएको छ । स्थानीय तहले वर्षभरि हुने मर्मतको कामका लागि पटक–पटक ठेक्का नगरी एउटै ठेकेदारबार कोटेसन माग गर्ने र काम दिने गरेका छन् । अख्तियारले यसबारे स्थानय तहलाई सचेत गराएको हो । संघीय मामिला तथा सामान्य प्रशासन […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताउनुभएको छ। ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै उहाँले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो–“पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं। अवसर पाएको बेला […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मेरो कुर्सी जाला भन्ने डर नभएको बताएका छन्। उनले आफूलाई कुर्सी हल्लिने डर नभएको पनि बताएका छन् । प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कुर्सी हल्लिने डरले भ्रष्टाचारमा मुछिएका ठूला मान्छेबारे अनुसन्धान अघि नबढेको भन्दै […]
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र […]
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्याली गरिएको छ । धरान–१८ को प्रतिष्ठान गेट अगाडिबाट शुरु भएको र्याली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टुंगिएको थियो । प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र […]
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाउनुभएको हो । निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम […]