सरकारमा जानुअघि छलफल नगरेकामा रास्वपाभित्र असन्तुष्टि

Radio Nagarik 100.4 MHz सोमबार, फाल्गुण २८, २०८०

काठमाडौं । सरकारमा जाने विषयमा पार्टीभित्र छलफल नगरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी हुनुअघि पार्टीमा छलफल नभएको भन्दै केही गुनासा आएको सहप्रवक्ता मनिष झाले जानकारी दिभयो । झाका अनुसार पार्टीमा औपचारिक छलफल नगरी सरकारमा गएकामा केही केन्द्रीय सदस्यले चासो व्यक्त गरेको थियो ।

‘शत प्रतिशत सन्तुष्टि र स्वीकार्यता कहीँ पनि हुँदैन । अलि अलि असन्तुष्टि गर्ने कुरालाई सकारात्मक नै लिन्छौं’, उहाँले भन्नुभयो, ‘सरकारमा जान नहुने मत लगभग थिएन । छलफल गरेर निर्णय गरेको भए हुन्थियो भन्ने मत थिए ।’

उपसभापति स्वर्णिम वाग्लेले सरकारमा जाने निर्णय सुविचारित भएको जवाफ दिएको थियो । उहाँले सरकारमा जानुपर्नेको कारण लामो व्याख्यासहित केन्द्रीय सदस्यलाई जानकारी गराएको थियो । वाग्लेले सन् १९९६ को भारतको राजनीतिको प्रसंग उठाउँदै सरकारमा सहभागिता ठीक भएको बताएको थियो । ‘चेस खेल्न बसिसकेपछि गोटी नचाल्ने भन्ने हुँदैन ।

महामन्त्री मुकुल ढकालले सरकारमा सहभागिताको क्रममा राजनीतिक गतिविधि तीव्र गतिमा विकास भएकाले छलफल हुन नसकेको स्पष्टीकरण दिएको थियो ।

‘राजनीतिक घटनाक्रम यसरी विकास भयो कि सबैसँग परामर्श लिन बैठक गर्न भ्याइएन’, बैठकमा ढकालले भने । पार्टीको सचिवालय बैठकले सरकारमा जाने निर्णय लिनका लागि सभापति रवि लामिछानेलाई सर्वाधिकार दिइएको पनि उहाँले बताएको थियो ।

२०८४ सालको आम चुनावलाई मिसन बनाएको दलले त्यसअघि केही काम गरेर सन्देश दिनुपर्ने भएकाले सरकारमा गएको नेताहरुको तर्क थियो ।

केन्द्रीय सदस्य अनिलकेशरी शाहले रास्वपाले पाएका सबै मन्त्रालय जनतासँग प्रत्यक्ष जोडिएका र काम गरेर देखाउन सकिने खालका भएको बैठकमा बताउनुभयो ।

‘यसलाई अवसरका रुपमा लिनुपर्दछ । प्रभावकारिता देखाउन सकिने मन्त्रालय रास्वपाले पाएको छ’, बैठकमा शाहको भनाइ उधृत गर्दै एक नेताले भने, ‘बाहिर रहेका हामीहरुले साथ दिन्छौं ।’

अर्का केन्द्रीय सदस्य गणेश पराजुलीले अब रास्वपा जवाफ दिने ठाउँमा पुगेको बताउनुभयो । उहाँले बैठकमा भनेको थियो, ‘हिजो प्रतिपक्ष हुँदा हामीले सत्ता पक्षलाई प्रश्न गर्‍यौं । हाम्रो भूमिका जवाफ दिनेमा फेरिएको छ ।’

बैठकमा उपनिर्वाचनको बारेमा पनि छलफल भएको छ । इलाम–२ को उपनिर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने निर्णय रास्ववाले गरेको छ ।

१५ वैशाखमा प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ (१) मा निर्वाचन हुन लागेको छ । प्रदेश सभातर्फ बझाङमा रास्वपाले भाग नलिने निर्णय गरिएको महामन्त्री ढकालले जानकारी गराउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!