अख्तियारले स्थानीय तहलाई भन्यो- एकै ठेकेदारलाई धेरै काम दिन ठेक्का नटुक्र्याउनू

Radio Nagarik 100.4 MHz बिहिबार, फाल्गुण १०, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण तथा मर्मतमा एउटै कम्पनीलाई पटक–पटक विना प्रतिस्पर्धा काम नदिन निर्देशन दिएको छ । स्थानीय तहले वर्षभरि हुने मर्मतको कामका लागि पटक–पटक ठेक्का नगरी एउटै ठेकेदारबार कोटेसन माग गर्ने र काम दिने गरेका छन् ।

अख्तियारले यसबारे स्थानय तहलाई सचेत गराएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत अख्तियारले परिपत्र गर्दै सबै स्थानीय तहलाई सडक निर्माण तथा मर्मत लगायत कार्य गर्दा खण्डीकरण गरी एउटै आर्थिक वर्षमामा पटक–पटक एउटै व्यक्तिरफर्मरकम्पनीलाई बिनाप्रतिष्पर्धा निर्माण कार्यको जिम्मेवारी नदिन भनेको हो ।
अख्तियारले यस्तो कामको भुक्तानी दिँदा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ लगायत प्रचलित कानूनको प्रतिकूल रही बदनियतपुर्ण कार्य समेत हुन सक्ने बताएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ समेतका प्रचलित कानूनको परिपालना गर्ने गराउने गरी आवश्यक कदम उठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको हो ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!