कुर्सी हल्लिने डर हुन्थ्यो भने भ्रष्टाचारको छानबिन नै सुरु हुने थिएन : प्रधानमन्त्री

Radio Nagarik 100.4 MHz आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मेरो कुर्सी जाला भन्ने डर नभएको बताएका छन्। उनले आफूलाई कुर्सी हल्लिने डर नभएको पनि बताएका छन् । प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कुर्सी हल्लिने डरले भ्रष्टाचारमा मुछिएका ठूला मान्छेबारे अनुसन्धान अघि नबढेको भन्दै प्रश्न गरेका थिए।

‘मलाई कुर्सी हल्लिने डर छैन। मलाई अहिलेको प्रतिपक्षी लगायतले प्रधानमन्त्री बनाउनुभयो। मैले १५ हो कि २० दिन भन्ठानेको थिएँ। विश्वभरको अध्ययन पनि गरेको थिएँ,’ प्रचण्डले जबाफमा भने, ‘नजिकै भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ। यो सरकार जाला कि भन्ने डर विल्कुल छैन।’

दाहालले सुरुदेखि नै आफूले सुशासन कायम गर्ने, भ्रष्टाचार कसरी नियन्त्रण गर्ने चिन्तामात्रै लिएको पनि उनले बताए।

‘कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुँदैन थियो,’ उनले भने, ुमलाई मेरो कुर्सी जाला भन्ने छैन। त्यही भएर हामीले भ्रष्टाचारका कयौँ फाइल खोलेका हौँ।’

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!