१३ असोज, काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जेनजीबाट नभइ कुनै अपरिचित समूहबाट थ्रेट आएको स्पष्टीकरण दिएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् । उनका अनुसार, पूर्व प्रधानन्यायाधीश जबरालाई कुनै अपरिचित समूहबाट फोनमा टेक्समार्फत थ्रेट आएको थियो । उक्त थ्रेट आएपछि सरकारले उनलाई सुरक्षित ठाउँमा […]
१३ असोज, काठमाडौं । सरकारले प्रशासन र प्राविधिक तर्फका दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठककले सहसचिवहरू आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, नेपाल प्रशासन सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा भएकी कर्णलाई […]
हामीले हिजो लेखेका थियौं– प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभामा जलवायु विपद र शक्तिराष्ट्रले थोपरेको युद्दका कारण साना राष्ट्रका जनताले खपेको अत्याचारबारे मुद्दा उठाउने छन् । अन्तत: भयो पनि त्यस्तै । न्युयोर्कबाट ९ असोज, न्युयोर्क (अमेरिका) । ४२औँ स्ट्रिटस्थित इस्ट रिभरको किनारामा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालय बाहिर साँझ छिप्पिँदै जाँदा सिरेटो निकै चिसो हुँदै गएको थियो । […]
रेशम चौधरीको कैद माफीमिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतबाट सदर भयो । जघन्य अपराधमा संलग्न भएर कसुरदार ठहरिएको उनको ‘ट्रयाक रेकर्ड’ कायम रहने कि हट्ने भन्ने विवाद सर्वोच्च अदालतमै विचाराधीन छ । ७ असोज, काठमाडौं । सर्वोच्च अदालतले पूर्वसांसद समेत रहेका नागरिक उन्मुक्ति पार्टीका पूर्वअध्यक्ष रेशम चौधरीको कैदको माफी मिनाहा सदर गर्यो । न्यायाधीशहरु शारंगा […]
७ असोज, काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना (अपडेट) दिने भएको छ । आगामी शुक्रबारदेखि आइतबार (असोज ८, ९ र १० गते) सम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको […]
राजनीतिक विश्लेषक मुमाराम खनालले नेकपा (एमाले) र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत खनालले टिप्पणी गर्दै कथित समानताको नाममा स्थापित भएको ‘पाखण्डको सिंहासन’ ढलेको बताएका छन्। उनले यस्तो पाखण्डको सिंहासन त्यसै नढलेको उल्लेख गर्दै यसको ‘कुरुप तस्बिर’ इतिहासबाट नामेट हुन अभिशप्त रहेको टिप्पणी गरे। खनालले नेकपा एमालेमा ‘सामन्ती संस्कारको अवशेष’ रहेको […]
४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताएका छन् । आइतबार बसेको रास्वपा सचिवालय बैठकमा उनले यो धारणा राखेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । ‘पार्टी सभापतिज्युले बैठकमा पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित स यस्तै, सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद र समर्थकको […]
३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका मुख्य निर्णयहरू सुनाएका हुन् । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले रिक्त रहेका १३ देशका राजदूतसहित सिफारिस गर्ने लगायतका अन्य निर्णयहरू गरेको छ । यस्ता छन् निर्णयहरू– –देहायका व्यक्तिहरूलाई […]
नर्गिस सोमा, चित्रकार/प्रोफेसर एक फैशनेबल डिजाइनर र कलाकार नर्गिस पेरिन सोमाको कलाकारिता राजशाहीमा बढ्दै गयो । १० वर्षको उमेरबाट कलाकारितामा लागेकी सोमाले बचपनदेखि नै कलाकारितामा सम्मान पुरस्कार पाउने चित्रकला प्रस्तुत गर्दै आएकी थिइन् । राजशाही विश्वविद्यालयको ललितकला विभागद्वारा उनका धेरै सपनाहरु पूरा भएका हुन् । मास्टरको अध्ययनपछि उनको कलाकारितामा चर्चासँगै कला कलेजमा प्रोफेसर भएर उनी […]