सर्वोच्चको व्याख्या- नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्

भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो । ६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नोटबन्दीमा परेका नगदले कानुुनी मान्यता नपाउने भन्दै त्यस्तो नोट बरामद भएकै आधारमा कसुर स्थापित नहुने व्याख्या गरेको छ । भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा […]

विराटनगरमा एक करोड लगानीको ‘फोर स्टार’ म्याट्रेस स्टुडियो, नेपालकै पहिलो भएको दाबी

विराटनगर । विराटनगर–३ गोग्राह चोकमा करिब एक करोड रुपैयाँको लगानीमा ‘फोर स्टार म्याट्रेस स्टुडियो’ सञ्चालनमा आएको छ। बेड तथा म्याट्रेसका विभिन्न प्रकारका उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गरेका छन्। स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा आरामदायी निद्राका लागि उपयोगी सामग्री उपलब्ध […]

लर्ड बुद्ध सहकारीको २४औँ साधारणसभा सम्पन्न, उत्कृष्ट बचतकर्ता र ऋणी सम्मानित

पथरी शनिश्चरे, असोज २५ गते। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारणसभा असोज २५ गते सम्पन्न भएको छ। साधारणसभाका अवसरमा संस्थाले पूर्व सञ्चालकसहित उत्कृष्ट बचत तथा ऋण कारोबारकर्ता र बाल बचतकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। संस्थाले पूर्व सञ्चालक शम्भुराज थापालाई सम्मान गरेको छ। […]

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

काठमाडौँ, २५ असोज। गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेकाबेला बेपत्ता भएका हुन् । “बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे […]

कोशी प्रदेशमा बजेट खर्च निराशाजनक, निगरानी गर्न निजी क्षेत्रको ‘बजेट वाच’ अभियान

  विराटनगर । कोशी प्रदेश सरकारले विकास निर्माण र आर्थिक समृद्धिका लागि छुट्याएको बजेट खर्च गर्न नसकेको तथ्य सार्वजनिक भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रदेशको कुल बजेटको ६.८४ प्रतिशत मात्रै खर्च भएको छ भने विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत बजेटको खर्च १.९३ प्रतिशतमा सीमित भएको छ। सरकारले प्रत्येक वर्ष महत्त्वाकांक्षी योजना र कार्यक्रम […]

सरस्वती उच्च माध्यमिक विद्यालयमा विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको आयोजनामा झोराहाट स्थित सरस्वती उच्च माध्यमिक विद्यालयमा बुधबार विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका विद्यार्थी तथा सम्बन्धित सरोकारवालालाई विद्युतको सुरक्षित प्रयोग, विद्युतीय दुर्घटना न्यूनीकरण तथा सावधानी अपनाउने उपायबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख जितेन्द्र […]

दशैँमा जोगबनी जाने खर्च विराटनगरमै रोक्ने लक्ष्य, ट्रेड फेयरमा १६ करोड ५० लाखको कारोबार अपेक्षा

विराटनगर । दशैँको समयमा सीमावर्ती भारतीय बजार जोगबनीतर्फ जाने उपभोक्ताको खर्च विराटनगरमै रोक्दै स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विराट ट्रेड फेयर २०८३ आयोजना हुने भएको छ। विराट व्यापार संघको आयोजनामा असोज २२ गतेदेखि ३० गतेसम्म विराटनगरस्थित जैन भवनमा सञ्चालन हुने मेलामा करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकले […]

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

महोत्तरी, १५ असोज। देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ । परिवारको पालनपोषणदेखि अन्य खर्चको जोहो गरिने मुख्य अन्नबाली धान बीउ राख्नदेखि रोपाइँ, स्याहार र उत्पादनसम्म भरपर्दो हुन नसक्दा यहाँका किसान अन्योलमा परेका हुन् । सिँचाइको भरपर्दो सुविधा नहुनु, खेतीको […]

काठमाडौं–३ का प्रतिनिधि बदर गर्न माग गर्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी

 असोज १५ , काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं–३ को प्रतिनिधि छनोट सर्वसम्मत गरिएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । प्रतिनिधि छनोट निर्वाचन मार्फत टुंगाउनुपर्ने माग सहित बिहीबार उजुरी परेको हो । निर्वाचन अधिकृतलाई कब्जामा पारेर सहमतिका नाममा निर्वाचन नगरिएको उजुरीमा उल्लेख छ । पार्टी प्यालेसमा मध्यरातमा सर्वसम्मत भन्दै प्रतिनिधि छानिएको भन्दै बदरको माग गरिएको […]

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ। नाट्टाले ४७औँ विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो। नाट्टाका महासचिव राजकुमार देवकोटाले नेपालको पर्यटन क्षेत्र पूर्ण रुपमा सुरक्षित, सञ्चालनयोग्य र विश्वभरका पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342