धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

Radio Nagarik 100.4 MHz बिहिबार, आश्विन १५, २०८३

महोत्तरी, १५ असोज। देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ ।
परिवारको पालनपोषणदेखि अन्य खर्चको जोहो गरिने मुख्य अन्नबाली धान बीउ राख्नदेखि रोपाइँ, स्याहार र उत्पादनसम्म भरपर्दो हुन नसक्दा यहाँका किसान अन्योलमा परेका हुन् ।
सिँचाइको भरपर्दो सुविधा नहुनु, खेतीको ठीक समयमा बीउ÷मल नपाइनु र बर्सेनि जस्तै हुने प्रतिकूल मौसमले किसानमा धानखेतीबाट जीवन धान्न कठिन बन्दै गएको धारणा बनेको छ ।
“धानबालीलाई सिँचाइ नै मुख्य कुरा हो, आकासे पानीकै भरमा खेती गर्नुपरेको छ, बाली अनुकूल वर्षा हुन छाडेपछि बर्सेनि कसरी रोपाइँ गर्ने भन्ने चिन्ता हुन्छ”, भङ्गाहा–४ पलारका किसान रामनारायण थारु भन्नुहुन्छ, “खेतीका बेला बीउ÷मल पनि पाइँदैन, खै अब धानखेतीले धान्न सकिएलाजस्तो छैन ।”
पुस्तौँदेखि बाबुबाजेले गर्दै आएका यो खेती अब धान्न सकिएला भन्ने आश मर्दै गएको ७० वर्षीय थारुको भनाइ छ । थारुकै छिमेकी ८० वर्षीय चौठी बाँतर पनि केही वर्षयता धानखेतीबाट दिक्दारी हुनुभएको छ । पहिलेपहिले बीउ राख्ने, रोप्ने र धान गाँजिने समय मिलाएर वर्षा हुने गरेको बाँतर सम्झनुहुन्छ । “खेतीहर जन जति पाइन्थे, पानीको मूल जताततै थियो, बीउ किसानले आफैँ साँचेर राख्थे, रोगब्याधको पनि अहिलेको जस्तो प्रकोप थिएन”, पुराना कुरा सम्झँदै बाँतर भन्नुहुन्छ, “देख्दादेख्दै ती पानीका मूल कसरी मासिए, यो कस्तो समय आयो भन्ने लाग्छ ।”
धानलाई बीउ राख्नदेखि रोपाइँ गर्नसम्म प्रशस्त पानी चाहिन्छ । रोपेको धानलाई पनि केही दिनको अन्तरमा बगिरहने पानी आवश्यक पर्छ । त्यसका लागि कुलोरनहरको पहुँच जिल्लामा निकै कम छ । यसले धानखेतीलाई प्रभावित पार्दै आएको किसान बताउँछन् ।
जिल्लामा जम्मा ७१ हजार हेक्टर जग्गा खेतीयोग्य छ । कुल जग्गामध्ये १० प्रतिशत जग्गामा मात्र कुलो÷नहर पुगेको छ । भूमिगत जलस्रोतको समेत प्रयोगले जम्मा ३० प्रतिशत हाराहारी जग्गामा सिँचाइ पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयको तथ्याङ्क छ ।
सिञ्चित भनिएका ठाउँमा पनि पानीका स्रोतका मुहान सुकेका छन् । धान धेरै पानी चाहिने बाली हुँदा आकाशकै भरको पानीले अपेक्षित रोपाइँ र उत्पादन लिन नसकिएको बलवा–११ का उत्तिम माझी बताउनुहुन्छ । “सिँचाइ त मुख्य पक्ष भयो नै, भरपर्दो बीउ, मल पनि समयमा नपाएर भौतारिनुपरेको छ”, माझी भन्नुहुन्छ, “धान रोपाइँका बेला जन ९मजदुर० पाइँदैनन्, अब यो खेती धान्न गार्‍ह्रो छ ।”
जिल्लामा अनुकूल वर्षाहुँदा विगतमा ४५ देखि ५० हजार हेक्टरसम्म धानखेती भएको पुराना कृषि अधिकारी सम्झन्छन् । त्यतिखेर जिल्ला कृषि विकास कार्यालय हुँदा महोत्तरीकै कार्यालयमा कृषि अधिकृत रहनुभएका रामबहादुर भुजेल विसं २०५४र५५ अघिलाई सम्झँदै ४५ हजार हेक्टर त बाक्लै नाघ्ने गरेको बताउनुहुन्छ ।
पछि २०८० यताकै वर्षमा पनि २०८१ सालमा ४२ हजार ५०० हेक्टरमा धानबाली लगाइएको तथ्याङ्क कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयको छ ।
त्यसअघि २०८० मा ४० हजार ३२१ हेक्टरमा धानबाली लागेको कार्यालयको तथ्याङ्क छ । विसं २०८२ मा भने लामो खडेरीले ३० हजार ९८६ हेक्टरमा मात्र रोपाइँ हुन सकेको थियो । त्यो पनि गत वर्ष असोज दोस्रो साताको वर्षा र बाढीले धानबाली निकै क्षति गर्दा उत्पादन ८० हजार १७७ मेट्रिकटनमात्र उत्पादन हुन सकेको कार्यालयका सूचना अधिकारी कृषि विज्ञ अविरलकुमार महतोले जानकारी दिनुभयो ।
गत वर्षको तुलनामा धानखेती बढेको छ । यस वर्ष पनि पानीको पर्याप्तता थिएन । तर किसानले पानी जुटाउन मेहनत बढाएर करिब ३६ हजार हेक्टरमा धान रोपाइँ भएको महतोले बताउनुभयो । धान काट्ने र दाइँ गर्ने बेलासम्म अनुकूल मौसम रहे यसपटक उत्पादन एक लाख मेट्रिकटन नाघ्ने कार्यालयको आकलन छ । मुख्य रुपमा पानीकै उपलब्ध नहुनाले धानखेतीमा भर पार्ने गरेको छ ।
बर्सेनि रोपाइँको क्षेत्रफल र उत्पादनमा देखिने फरक मुख्यतः वर्षाको अनुकूलता र प्रतिकूलताले गर्दा भएको पाका किसान बताउँछन् । “पछिल्ला १० वर्षयता कहिल्यै सोचेजति धान रोप्न पाइएको छैन, यस्तो हुनुमा पानी, बीउ, मलको अभाव नै कारण हो”, भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय किसान दीपनारायण चौधरी थारु भन्नुहुन्छ, “हाम्रा बस्तीपिच्छे नदी, खोलाखोल्सी र जलाधार क्षेत्र छन्, तर तिनलाई व्यवस्थित तुल्याएर किसानको खेतसम्म पानी पु¥याउने प्रबन्ध हुन सकेको छैन, यसले किसानको जाँगर मर्दै गएको छ ।” सिँचाइका लागि वरदान हुनपर्ने नदी र खोलाको समुचित प्रबन्ध गर्न नसकिदा बर्सेनि भेलले घर, खेत, बालीनाली बगाउने अभिशाप बनेका चौधरीको थप भनाइ छ ।
किसानलाई खेतीमा उत्साहित गर्न तीनै तहका सरकारले सिँचाइ, बीउरमल र सुलभ कृषि ऋणको व्यवस्था र उत्पादनमा अनुदानको उचित प्रबन्ध गर्नसके खेती जगाउन सकिने पाका किसान बताउँछन् ।
धानलगायत परम्परागत खेतीबालीका लागि लागत बढ्दै गएकाले थाम्नसक्ने सामथ्र्य किसानले गुमाउँदै गएका कृषि क्षेत्रकै सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–६ सग्रामपुरका कृषिविज्ञ जासर यादव बताउनुहुन्छ

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342