वीरगञ्जमा पुनः निषेधाज्ञा

शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकाराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । यसअघि बिहीबार पनि […]

बालेनले भने- हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा नभएको बताएका छन्। आज (शुक्रबार) मधेशवादी दलका नेताहरू छलफल गर्दै उनले हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउने भएकाले आफू त्यसको पक्षमा नभएको बताएका हुन्। ‘हिन्दू राष्ट्र बनाउने तिर छैनौँ, तराई/मधेसमा हिन्दू राष्ट्रका लागि भएको आन्दोलनको अर्को मर्म छ। पहाडतिरको अर्को मर्म छ,’ बालेनको भनाइ […]

माइतीघरमा नागरिक अगुवाहरूको सद्‌भाव र्‍याली

१५ साउन, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा नागरिक अपिल तथा ऐक्यबद्धता र्‍याली निकालिएको छ । देशभर देखिएका द्वन्द्वका घटनाहरू देखिन थालेपछि शुक्रबार शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले यो र्‍याली निकालिएका हुन् ।

नेयमार जुनियर : विश्वकप जित्न नसकेका एक अद्‍भुत प्रतिभा

जसले प्रतिभा, लोकप्रियता र व्यक्तिगत उपलब्धिका बाबजुद विश्वकपको ट्रफी कहिल्यै उचाल्न सकेन । त्यो नाम हो, नेयमार जुनियर । १५ साउन, काठमाडौं । ब्राजिल र फुटबल एकअर्काका पर्यायजस्तै हुन् । विश्व फुटबल इतिहासका महान् खेलाडीहरूको सूची बनाउँदा पेले, गारिन्चा, रोनाल्डो नाजारियो, रोमारियो, रिभाल्डो, रोनाल्डिन्हो, काका, जिको, डिडी, जर्जिन्हो हुँदै नेयमार जुनियरसम्मको नाम स्वतः आउँछ । […]

मधेशी नेतासँग प्रधानमन्त्रीले भने- मलाई संघीयताविरोधी भनेर सपनामा पनि नसोच्नुहोला

१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् । सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् ।           NEWS SUMMARY प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रूपमा नबुझ्न मधेशकेन्द्रित दलका नेताहरूसँग आग्रह गरेका छन् । प्रधानमन्त्री […]

युक्रेनमा रूसको भीषण आक्रमण : नेटो सदस्य पोल्याण्डमा पनि खस्यो क्रूज मिसाइल

युक्रेनभरि रूसले गरेको ठूलो लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा आठ नागरिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। मस्कोले पश्चिमा देशहरूले आपूर्ति गरेका एन्टी-ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीको अभाव रहेको मौका छोप्दै युक्रेनी सहरहरूमा बमबारी तीव्र पारेको छ। यसैक्रममा, युक्रेनमाथिको आक्रमणका क्रममा एउटा रूसी क्रूज क्षेप्यास्त्र नेटो सदस्य राष्ट्र पोल्याण्डको भूभागभित्र गहिरो […]

कुवेतमा ड्रोन आक्रमणमा निधन हुने तेह्रथुमका सोमकुमार तामाङ

कुबेतस्थित नेपाली दूतावासले जुलाई ३० मा भएको ड्रोन आक्रमणमा सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको पुष्टि गरेको छ । कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । उनको मृत्युबारे बिहीबार नै सञ्चार माध्यमहरुमा आइसकेको थियो ।राजदूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित […]

मधेश सरकारको सन्देश : नगरिकको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षण उच्च प्राथमिकतामा

१४ साउन, जनकपुरधाम । मधेश प्रदेश सरकारले नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मधेश सकरारको मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको गम्भीर समीक्षा गरिएको जनाएका छन् […]

सुनसरीबाट सीडीओसहित प्रहरी प्रमुख फिर्ता बोलाइयो

गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। यस्तै, कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा […]

‘पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ’

लोकसेवा आयोगको तयारीमा रहेका विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । तीन बुँदे माग राखेर उनीहरूले सोमबार विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । स्वतन्त्र संवैधानिक निकायले किन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको स्वीकृत लिनु पर्ने हो ?, लोकसेवाको कार्यातालिका अनुसार विज्ञापन र परीक्षा कार्यक्रम सञ्चालन गर, ‘पहुँच भए खाउ युवा, स्वकीय सचिव खाउ, लोकसेवा भिड्ने […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342