सिद्धार्थ सेकेण्डरी स्कुलका १२० शिक्षकलाई एआई तालिम

भोजराज घिमिरे बुधबार, आश्विन २१, २०८३

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले शिक्षण–सिकाइलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत आफ्ना १२० जना शिक्षकलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रशिक्षण दिएको छ।
शिक्षण क्षेत्रमा एआईको प्रयोग बढिरहेका बेला शिक्षकलाई यसको व्यावहारिक ज्ञान र सीप प्रदान गरी कक्षाकोठाको शिक्षणलाई थप प्रभावकारी, सिर्जनात्मक र समयानुकूल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुन बस्नेतले बताए।
आइएन्जी ग्रुपको सहकार्यमा आयोजित प्रशिक्षणमा विभिन्न विधामा दक्ष १० जनाभन्दा बढी एआई विज्ञ तथा प्रशिक्षक सहभागी थिए। समूहगत रूपमा सञ्चालन गरिएको तालिममा एआईको आधारभूत अवधारणादेखि शिक्षण–सिकाइमा यसको प्रयोग, शैक्षिक सामग्री निर्माण, पाठयोजना तयारी, विद्यार्थीको सिकाइ सहजीकरण तथा सिर्जनात्मक कार्यमा एआईको उपयोगबारे प्रशिक्षण दिइएको थियो।
विद्यालयले एआईलाई नयाँ प्रविधिको उपकरण मात्र नभई शिक्षण पद्धतिलाई समयानुकूल रूपान्तरण गर्ने महत्वपूर्ण माध्यमका रूपमा अघि बढाएको जनाएको छ। शिक्षकलाई एआईको सही, जिम्मेवार र प्रभावकारी प्रयोगबारे दक्ष बनाउन सके त्यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको सिकाइ उपलब्धिमा पर्ने विद्यालयको विश्वास छ।
प्रधानाध्यापक बस्नेतले शिक्षाको स्वरूप र सिकाउने शैलीमा परिवर्तन भइरहेकाले विद्यालयले प्रविधिमैत्री शिक्षणलाई प्राथमिकतामा राखेको बताए।
“अब शिक्षकले प्रविधिलाई बाहिर राखेर गुणस्तरीय शिक्षण गर्न कठिन हुँदै गएको छ,” बस्नेतले भने, “एआईलाई सही ढंगले प्रयोग गर्न सके शिक्षकको काम सहज हुनुका साथै विद्यार्थीको सिकाइलाई अझ सिर्जनात्मक र प्रभावकारी बनाउन सकिन्छ।”
उनका अनुसार एआईको प्रयोगले शिक्षकलाई विस्थापित गर्ने नभई उनीहरूको क्षमता र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने माध्यमका रूपमा लिनुपर्छ। त्यसका लागि शिक्षकले एआईको सम्भावना, सीमितता र जिम्मेवार प्रयोगबारे स्पष्ट जानकारी राख्न आवश्यक रहेको उनले बताए।
“हामी विद्यार्थीलाई भविष्यका लागि तयार गरिरहेका छौँ भने शिक्षक पनि भविष्यको शिक्षण पद्धतिका लागि तयार हुनुपर्छ,” बस्नेतले भने, “त्यसैले एआई र रोबोटिक्सलाई शिक्षण–सिकाइसँग जोड्दै शिक्षक र विद्यार्थी दुवैलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउने हाम्रो उद्देश्य हो।”
सिद्धार्थ सेकेण्डरी स्कुलले यसअघि नै एआई तथा रोबोटिक्ससम्बन्धी पुस्तक र अध्ययन सामग्रीको व्यवस्था गरी विद्यार्थीलाई प्रविधिसँग जोडेर सिक्ने वातावरण निर्माण गर्दै आएको जनाएको छ।
विद्यालयले आगामी दिनमा एआई, रोबोटिक्सलगायत आधुनिक प्रविधिलाई शिक्षण–सिकाइ प्रक्रियामा थप एकीकृत गर्दै प्रविधिमैत्री शैक्षिक वातावरण विकास गर्ने योजना अघि सारेको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342