भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई

Radio Nagarik 100.4 MHz मंगलबार, आश्विन २०, २०८३

१९ असोज, काठमाडौं । द रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सन् २०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आइसक्यूब न्युट्रिनो अब्जर्भेटरीको स्थापना र अन्तरिक्षका उच्च ऊर्जा युक्त न्युट्रिनो कणहरू पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिइएको हो ।

हाल्जेनले दक्षिण ध्रुवको बरफ प्रयोग गरेर न्युट्रिनो कणहरू र्ट्याक गर्न सकिने अवधारणा ल्याएका थिए । उनले सन् १९८८ मा पहिलोपटक यो योजना प्रस्तुत गरेका थिए ।

न्युट्रिनोहरू ब्रह्माण्डभरि फैलिएका हुन्छन् । यी कणहरू पृथ्वी र मानव शरीरबाट सहजै पार हुन्छन् । कहिलेकाहीँ मात्र न्युट्रिनो कुनै एटमिक न्युक्लियससँग ठोक्किन्छ ।एटमिक न्युक्लियससँग ठोकिँदा उत्पन्न हुने प्रकाशको चमकलाई सफा बरफमा राखिएका सेन्सरहरूले रेकर्ड गर्छन् । यसै सिद्धान्तका आधारमा दक्षिण ध्रुवमा एक क्युबिक किलोमिटर क्षेत्र ओगटेको आइसक्यूब अब्जर्भेटरी सन् २०११ मा निर्माण गरिएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342