कोरोना महामारी रोकथामका लागि के के नियम पालना गर्ने?

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख १५, २०७८

पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ। नयाँ भेरियन्टको कोरोना भाइरस समेत फैलिएपछि सरकारले यसको नियन्त्रण र रोकथामका लागि सोमबार ३० बुँदे आदेश जारी गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको छ।

आदेशमा संक्रमण फैलिएका २५ वटा ठूला शहरका विद्यालय तथा शिक्षण संस्थाहरुको शैक्षिक गतिविधि वैशाख मसान्तसम्म बन्द गर्ने र ती क्षेत्रमा भर्चुअल माध्यमबाट सिकाइका विधि अपनाउन, सिनेमा हल, क्लब तथा पार्टी प्यालेसहरु वैशाखभर बन्द गर्ने, सामाजिक तथा सांस्कृतिक चाडपर्व मनाउँदा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने लगायतका छन्।

कोरोना महामारी रोकथामका लागि  के के नियम पालना गर्ने?

१) सार्वजनिक सवारी साधनमा सबैले अनिवार्य मास्क लगाउने

२) सिनेमा हल,पार्टी प्यालेस, दर्शक सहितको खेलकुद, हाटबजार, जुलुस, आमसभा बन्द गर्ने

३) होटल तथा रेष्टुरेन्टले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सेवा दिने

४) विवाह वा वर्तबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्न परेमा प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिने

५) डिपार्टमेन्ट स्टोर, मल भित्र भौतिक दुरी कायम गर्दै प्रवेश गर्ने

६) शहरी क्षेत्रका विद्यालय भौतिक रुपमा बन्द गर्ने, पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्यका मापदण्डसहित संचालन गर्ने

७) सभासम्मेलन संचालन गर्दा भर्चुअल पालना गर्ने

८) धार्मिक स्थलमा जनस्वास्थयका मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान, र पार्थना मात्र गर्ने

८) विदेशबाट आउनेले १०दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने

९) जुनसुकै प्रयोजनका लागि २५ जनाभन्दा बढी भेला नहुने

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!