प्रदेश १ मा १ हजार ७१ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

Radio Nagarik 100.4 MHz मंगलबार, साउन २६, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा ५, उदयपुर र संखुवासभामा ३–३, पाँचथर र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४५५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनानएको छ ।

कुल १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको लेटाङमा ४८, विराटनगरमा ४२, बेलबारीमा २१, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, केराबारीमा ९, उर्लाबारी र स्थानीय तह नखुलेका ७–७, कानेपोखरीमा ३, ग्रामथानमा २, बुढीगंगा, रंगेली, मिक्लाजुङ र रतुवामाईमा १–१ जना छन् ।

यता, सुनसरीको इटहरीमा ७५, धरानमा ४८, इनरुवामा ५, बराहक्षेत्रमा ३, दुहवीमा २, हरिनगर, गढी, रामधुनी र बर्जुमा १–१ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१ जना छन् । इलामको इलाम नगरपालिकामा ४ र मांसेबुङमा १, उदयपुरमा ३, संखुवासभाको खाँदबारीमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, झापाको विर्तामोडमा ३८, दमकमा २७, भद्रपुरमा २५, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १४, मेचीनगरमा १३, बद्धशान्तिमा १५, गौरादह, हल्दिबारी र स्थानीय तह नखुलेका ३–३, बाह्रदशीमा २, कमल गाउँपालिकामा १ जना छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!