आउनुस् मिलेर काम गरौं : अध्यक्ष ओली

पुष्पलालले रोपेको बिरुवालाई मर्न दिने छैनौं

Radio Nagarik 100.4 MHz बिहिबार, साउन ०७, २०७८

काठमाडौँ  ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलन मजबुत पार्न एकताका लागि आह्वान गरेका हुन् । एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीप्रति असन्तुष्ट बनेको छ ।

अहिले को कहाँ छौं भन्ने छोडौं । देश, जनताका कुरा गरौं । बाटो बिराएर भड्किएका साथीहरुलाई भन्न चाहन्छु । आउनुस् मिलेर काम गरौं, यस आन्दोलनलाई मजबुद पारौं । एकजुट भएर जाऔं, अध्यक्ष ओलीले भने, “यस आन्दोलनले ठूलो क्षति व्यहोरेको छ, फेरि एकजुट भएर अगाडि बढौं ।”

पुष्पलालले रोपेको बिरुवालाई मर्न दिने छैनौं । यो बिरुवा सानोतिनो हावाहुरीले ढालीहाल्ने हैन । पुष्पलालले रोपेको बिरुवालाई मदन भण्डारीले स्याहारसुसार गरेर वैचारिक ढंगले अद्यावधिक, प्रवलीकरण गरेर जसरी अगाडि बढेको छ, अध्यक्ष ओलीले भने, विशाल, मजबुद, राष्ट्रव्यापी जहाँ(जहाँ नेपाली पुग्छन्, त्यहाँ एमाले पुग्छ ।

तत्कालीन प्रधानमन्त्री रहेका ओलीले आफ्नो नेतृत्वको सरकार बनेदेखि नै ढाल्न प्रयास गरिएको उल्लेख गर्दै सरकार ढले पनि एमाले संसद् र आन्दोलनमा प्रमुख पार्टी रहेको बताए । दुनियाँ लागेर पनि खुट्टा हल्लाउन नसकेपछि परमादेशबाट ढालियो । अहिले जेसुकै जहाँसुकैबाट ढाले पनि संसद्‌मा एमाले प्रमुख पार्टी हो । प्रदेश, स्थानीय तह, राष्ट्रिय सभामा एमाले प्रमुख पार्टी हो । यो आन्दोलन लोकतान्त्रिक आन्दोलनको प्रमुख पार्टी हो, उनले थपे, “यसले जहिले पनि अग्रगामी विचार लिन्छ ।”

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!