काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभामा आइतबार राखेको प्रस्तावमा बोल्दै दाहालले उक्त धारणा राखेका हुन् । ुदुई तिहाइको प्रधानमन्त्रीले पटक(पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको हो । यस्तो दुर्दशा यति छिटो देख्नुपर्ने भए किन गठबन्धन र किन पार्टी एकताको प्रस्ताव लान्थे होला । यो बीचका घटनाक्रम उचित लागिरहेको छैन ।
देउवाको समर्थन जनाउँदै दाहालले प्रधानमन्त्री नियुक्ति प्रक्रियाभित्र केही अस्वाभाविक परिघटना भएको उल्लेख गरे । “प्रधानमन्त्री नियुक्तिको सम्बन्धमा प्रयोग भएको भाषा संविधानको मर्म र भावनाविपरीत थियो । त्यो आफैंमा पटक(पटक हुने कुरा थिएन,” उनले भने, “शान्ति प्रक्रियामा आएपछि हरेक पटक आउने र जाने प्रधानमन्त्री साइडबाइ साइड बस्ने हुन्थ्यो र शपथ ग्रहणपछि कुर्सी साटिन्थ्यो । तर अहिले त्यो दृश्य देखिएन । निवर्तमान प्रधानमन्त्री उपस्थित हुन आवश्यक ठान्नु भएन । हेर्दा त, कोभित्र लोकतान्त्रिक संस्कार छ रु भिन्न मतलाई स्वीकार गर्न सक्ने आँट कोसँग छ, छैन भन्नेसँग सम्बन्धित छ । गम्भीर नैतिकता संस्कार र लोकतनन्त्रसँग जोडिएको प्रश्न हो ।”
निवर्तमान प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले संसद्मा बोल्ने अपेक्षा राखे पनि त्यो नभएकोमा दाहालले उनले आपत्ति जनाए । “आज प्रमुख सचेतकले सोधे । ओलीजी आउनुहुन्छ, बोल्नुहुन्छ भन्ने सोधे । यो सदनले केपीजीको मुखबाट आफ्ना कुरा सुन्न चाहेको थियो । देशले पनि निवर्तनमान प्रधानमन्त्रीले बोलेको सुन्न चाहेको थियो । यो अलिअलि अस्वाभाविक जस्तो । यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक हो भन्ने कुरामा पनि,” दाहालले भने ।