सांसद पदबाट मैले राजीनामा दिएको छु : भीम रावल

Radio Nagarik 100.4 MHz आइतबार, साउन ०३, २०७८

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा संसदबाट राजीनामा दिनुभएको छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विवाद भएपछि उहाँले पदबाट राजीनामा दिने निर्णय गरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवन प्राङ्गणमा पत्रकारसँग कुरा गर्नुहुँदै नेता रावलले सो कुरा बताउनुभयो। उहाँले सभामुख अग्नीप्रसाद सापकोटालाई राजीनामा बुझाउनुभएको छ । देश र जनतालाई सर्वोपरि ठानी आफूले अनैतिक राजनीति गर्नुभन्दा त्यसबाट अलग हुने निर्णय गरेको बताउनुभयो ।

अछाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित नेता रावल एमाले एकता प्रक्रियाका लागि विवाद मिलाउने कार्यदलको उहाँ संयोजक पनि हुनुहुन्थ्यो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदल संयोजक रहनुभएका नेता रावलले नेपाली राजनीतिमा अनैतिक र अपवित्र प्रक्रिया अघि बढेपछि आफूले राजीनामा दिएको बताउनुभयो ।

सभामुख सापकोटालाई सम्बोधन गरी लेख्नुभएको राजीनामा पत्रमा उहाँले लेख्नुभएको छ, “राजनीतिक नेतृत्वबाट देश विपरीतका कृत्य हुँदै गए, नेपाल र नेपालीको शीर निहुँरिदै गएको छ ।” स्वेच्छाचारी र निरंकुश ढङ्गले काम भइरहेको चर्चा गर्नुहुँदै नेता रावलले अगाडि भन्नुभएको छ, “प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार देखिएको छ ।”

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!