जसपा उपेन्द्र पक्षका १८ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

Radio Nagarik 100.4 MHz आइतबार, साउन ०३, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपाल उपेन्द्र यादव पक्षका १८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकमा निर्णय भएको नेता महेन्द्र राय यादवले बताउनुभयो ।

नेता यादवका अनुसार आज प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिने सांसदमा महेन्द्र राय यादव, डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह यादव, रामसहाय प्रसाद यादव, अमृता अग्रहरी, मोहमद इष्टियाक राई, प्रदीप कुमार यादव, रामबाबुकुमार यादव, सुरेन्द्र प्रसाद यादव, प्रमिला यादव, सूर्यनारायण यादव, लिलादेवी सिटौला, रानी मण्डल, नरमाया ढकाल, रेणुका गुरुङ र प्रमोद साह रहेको छ ।

आजको बैठकमा १९ जना सांसदको उपस्थिति रहे पनि एकजना राष्ट्रिय सभाका सदस्य रहनुभएका पनि यादवले जानकारी दिनुभयो । यसअघि सो पक्षमा १२ जना सांसदले मात्र देउवाको पक्षमा हस्ताक्षर गर्नुभएको थियो । पछिल्लो राजनीतिक घटनाक्रमले नेता महन्थ ठाकुर पक्षका छ जना सांसद उपेन्द्र यादव पक्षमा गएका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!