प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी

Radio Nagarik 100.4 MHz आइतबार, बैशाख १९, २०७८

कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालय निर्देशक डा। प्रदीप केसी जोड दिनुहुन्छ ।
उहाँका अनुसार स्वस्थ खानपान र आयुर्वेदिक औषधिको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ ।“गम्भीर अवस्थामा पुगेका कोरोना सङ्क्रमितले भने आयुर्वेदिक औषधिको मात्रै भर पर्नु हुँदैन,” निर्देशक केसी सुझाव दिँदै थप्नुहुन्छ, ‘‘त्यस्ता बिरामीलाई अक्सिजन थेरापी र आईसीयू भेन्टिलेटरको आवश्यकता पर्छ । ज्यादै कम अक्सिजन भएको बेला आयुर्वेदिक औषधिले मात्रै ठीक नहुन सक्छ ।”
तर हाल होम आइसोलेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । यो औषधि सेवनले उनीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न मद्दत गर्छ । चिकित्सालयले कोरोना भाइरसको सङ्क्रमण वा रोगबाट स्वस्थ राख्न रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न १२ जडीबुटी मिश्रित तीन प्रकारका औषधि उत्पादन गरेर वितरण गरिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न जडीबुटीबाट बनाइएका जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरामीलाई दिने गरेको छ । मौसमी रुघाखोकीका बिरामीलाई लक्षित गरी वर्षौंदेखि उत्पादन गरिँदै आएका चूर्ण हाल कोरोनाका बिरामीलाई निःशुल्क वितरण गर्दै आएको जानकारी दिनुभयो । “कोरोना सङ्क्रमितमा देखिने लक्षण र समस्या समाधान गर्न यो औषधि सेवन गर्नु फाइदाजनक छ
भन्ने विश्वासका आधारमा वितरण अगाडि बढाएका हौँ,” उहाँले थप्नुभयो, “यो औषधिको सय वर्षको इतिहास छ ।”
नरदेवीले हाल प्रयोग भएकाबाहेक ग्यास्ट्रिक, जन्डिस, कलेजो, पाचन प्रणालीमा खराबी, जोर्नी दुख्ने, शरीर सुन्निने समस्या तथा मालिस गर्ने तेललगायत विभिन्न २६ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । यस मिश्रणमा असुरो, तालिसपत्र, पर्यटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकुमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधुजस्ता जडीबुटीहरू अधिक मात्रामा छन् ।
यस मिश्रणमा भाइरसजन्य रुघाखोकी, सिजनल फ्लु, ज्वरो आउने, घाँटी दुख्ने, अरुचि, गन्धनाश हुने आदि लक्षणलाई निर्मूल पार्न चाहिने सक्रिय तìवहरू रहेको कुरा वैज्ञानिक अनुसन्धानमा नै देखिएको डा। केसीको भनाइ छ । कोरोना सङ्क्रमित भएका र सङ्क्रमण नभएका सबैले यो उपाय अवलम्बन गर्न आयुर्वेद चिकित्सालय नरदेवीले सार्वजनिक रूपमा समेत आह्वान गरेको छ ।
आयुर्वेदमा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोनालगायत जुनसुकै भाइरसविरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्राप्त भएको उहाँको तर्क छ । घरायसी रूपमा सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाईको पात, कालो जिरा, बेसारलगायत स्थानीय रूपमा पाइने जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिने राष्ट्रिय आयुर्वेदिक अनुसन्धान केन्द्रका डा। जितेन्द्र श्रेष्ठको भनाइ छ ।
घरको आँगनमै उपलब्ध तुलसीको पातसँग असुरो पात, थोरै बेसार मिसाएर घरमै उमालेर बिहान बेलुका एक–एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ भन्दै उहाँले भन्नुभयो, “त्यसले दिने शक्तिले शरीरको क्षमतामा समेत वृद्धि ल्याउँछ ।” केन्द्रले हाल ११५ जना कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधिले उपचार गरेको जानकारी दिँदै डा। श्रेष्ठले भन्नुभयो, “१० जनालाई अक्सिजन दिइएको छ भने बाँकीलाई सामान्य लक्षण देखिएको छ ।”
कोरोनाको उपयुक्त मानिएको आयुर्वेदिक औषधि हाल फेरि बनाउन प्रयास थालिएको र पहिलाको बाँकी भएको बिरामीलाई दिइएको पनि उहाँले बताउनुभयो। डा। केसीका अनुसार नरदेवी आयुर्वेदिक चिकित्सालयले बनाएको औषधि एक लिटर पानीमा चार चिया चम्चा मिश्रण औषधि राख्ने र मन्द आगोमा पाँच मिनेटसम्म पकाउने गरिन्छ । यसरी बनेको काँढालाई चियाका रूपमा निरोगी व्यक्तिले एक पटकमा एक चिया गिलास दिनमा दुई पटक पिउन सकिने उहाँले बताउनुभयो ।
लक्षण भएका अथवा आइसोलेसनमा बसेका व्यक्तिले एक चिया गिलास काँढा दिनमा चार पटक पिउने सुझाव दिइएको छ । १० वर्षभन्दा मुनिका बालबालिकालाई आधा मात्रा मात्रै सेवन गर्न दिनुपर्ने उहाँको भनाइ छ । त्यसैगरी एक चिया गिलास उम्लेको पानीमा एक चिया चम्चा मह र एक चिया चम्चा सितोपलादी चूर्ण राखी १० थोपा जति कस्तुरीभूषण राखेर बनेको घोल पानीलाई चिया पिएजस्तै गरी दिनमा तीन पटक पिउनाले रोग प्रतिरोधी क्षमता बढाउन सकिने सुझाव छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!