प्रदेश १ मा २९१ र विराटनगरमा १२० संक्रमित थप

Radio Nagarik 100.4 MHz शुक्रबार, बैशाख १७, २०७८

प्रदेश १ मा शुक्रबार थप २९१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जमध्ये १५३ जना मोरङका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुषसहित १२० जनामा संक्रमण देखिएको छ ।

यस्तै, लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२, मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१ जनामा संक्रमण देखिएको छ । उता सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१, झापाको विर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, अर्जुनधारामा ६, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४–४ गौरीगञ्ज र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

यसैगरि, ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेको १, इलामको चुलाचुली, माई र सुर्योदयमा १–१, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ६५१ पुगेको छ ।

संक्रमितभएका मध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ हजार १४१ पुगेको छ । प्रदेशमा शुक्रबार ८७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १०६ महिला र १८५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!